लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे द्धारा युवा क्लब र दुई विद्यालय लाई सहयोग
लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेले स्याङजाको स्वरेकमा रहेको नब सृजना युवा क्लब लाई साउण्ड सिष्टम र दुई वटा विद्यालय लाई सरसफाईको सामाग्री सहयोग गरेको छ ।
शनिबार स्वरेक भञ्ज्याङमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि गाइड लाइनर लायन छवि सर्माले श्री टापु भञ्ज्याङ निमावि र श्रीराजेन्द्र भवानी उच्च मावि लाई सरसफाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो भने लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष लायन शिव बराल र कार्यक्रमका संयोजक एवं द्धितिय उपाध्यक्ष लायन तोरन कुावरले नब सृजना युवा क्लबका संरक्षक कुल बहादुर खााण र क्लबका अध्यक्ष घनश्याम पाण्डेयलाई साउण्ड सिष्टम हस्तान्तरण गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि लायन छवि सर्माले लायन्स क्लब अफ पोखरा माछापुच्छ्ेरले पोखरा देखि टाडा रहेको युवा क्लब र विद्यालय लाई गरेको सहयोगले लायन्स क्लब शहरी क्षेत्रमा मात्रै नभएर गााउ गााउका दुर दराजमा पुगेर पनि सहयोग गर्छ भन्ने शन्देस दिइएको बताउनु भयो । सर्माले नेपालमा लायन्स क्लबमा आबद्ध हुनेहरुको संख्या १० लाख पुगेको पनि बताउनु भएको थियो ।उहााले गा्रमीण क्षेत्रमा रहेर पनि नब सृजना युवा क्लबले गरेको कार्यको प्रंशासा गर्दे आगामी दिनमा आफु अध्यक्ष रहेको लायन्स क्लब अफ फेवा लेकसीटीको तर्फ बाट पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमका संयोजक तोरण कुावरले आफुहरुले सहयोग गरेको सामाग्रीको सहि सदुपयोग गर्न आग्रह गर्दे आगामी दिनमा पनि नब सृजना युवा क्लब संगको सम्बन्ध प्रगाड रहिरहने बताउनु भयो ।
लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका सस्थापक अध्यक्ष लायन दिपेन्द्र सर्माले क्लब स्थापना भएको ३ बर्षको अबधिमा आफुहरुले स्वरेकमा ३ वटै कार्यक्रम गरेको बताउदै स्वरेकका साथीहरुको आत्मीयता र स्वरेकको प्राकृतिक शुन्दरताले आफुहरु स्वरेकमा कार्यक्रम गर्न उत्साहित हुने गरेको बताउनु भयो ।
नब सृजना युवा क्लबका संरक्षक कुल बहादुर खााणले पोखरा देखि सहयोग भावनाले स्वरेक सम्म आएर दुई वटा विद्यालय र गा्रमीण क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्दे आएको नब सृजना युवा क्लब लाई गरेको सहयोगले आफुहरु लाई उर्जा मिलेको बताउनु भयो । खााणले क्लबले उपलब्ध गराएको सामग्री सहि सदुपयोग हुने बताउनु भयो ।
नब सृजना युवा क्लबका अध्यक्ष एवं पत्रकार घनश्याम पाण्डेयले लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे यस अगाडी पनि खेलकुद सामाग्री र भलिबल खेलाडी लाई जर्सी वितरण गरेको भन्दै अहिले आएर साउण्ड सिष्टम सहयागेले आफुहरु उत्साहित भएको बताउनु भयो ।
लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष लायन शिव बरालले आफुहरुले झण्डै २५ हजार मुल्य बराबरको साउण्ड सिष्टम र सरसफाई सामाग्री बीतरण गरीएको बताउनु भयो । अध्यक्ष बरालले आफुहले स्थापना काल देखिनै आाखा शिविर स्वास्थ्य शिविर,रक्तदान, बृक्षा रोपण, शैशिक्ष सामाग्री वितरण,खेलकुद सामाग्री वितरण लगायतका कार्यक्रम गरेको जानकारी दिनु भएको थियो ।
लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका लायन सचिव बिष्णु बास्तोला,लायन हर्क गायक लगायतले बोल्नु भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका लायन सदस्यहरु र नबसृजना युवा क्लबका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
