|

बसले ठक्कर दिंदा स्कूल जाँदै गरेको ४ बालबालिका घाइते

रौतहट, कार्तिक ६ - नारायणगढबाट काकडभिट्टा जाँदै गरेको एक दिवा बसले रौतहटको चन्द्रनिगाहपुरमा आईतबार बिहान ठक्कर दिदा चार स्कुले बालबालीका सहित ६ जना घाईते भएका छन् । घाईते सबैलाई उपचारको लागी बीरगञ्ज लगिएको छ । घाईते मध्ये एक बालकको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुर गाबिस–२ बाट बा १४ प ४६९० नम्बरको मोटरसाईकल चढी स्थानीय माउण्ड एभरेष्ट बोर्डिङ स्कुल जाँदै गरेका दस बर्षीया आरती चौधरी, ज्याती चौधरी, निखिल पटेल र सात बर्षीय निशान्त पटेललाई तिब्र गतिमा काकडभिट्टा जादै गरेको ना २ ख १२६३ नम्बरको मुनाल ट्राभल्सले ठक्कर दिंदा घाईते भएको प्रहरी निरीक्षक गौतम मिश्रले बताए । उनीहरुलाई नातेदार सुनिलकुश्वाहले मोटरसाईकलमा राखेर बिद्यालय लैजादै गर्दा दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

घट्नामा मोटरसाईकल चलाउने सुनिल कुश्वाह समेत गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घट्ना पछि आक्रोसित स्थानियबासीको कुटपिटबाट बसका चालक फणिन्द श्रेष्ठ गम्भिर घाईते भएका छन । उनलाई समेत चन्द्रनिगाहपुरबाट थप उपचारको लागि बीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बजार क्षेत्रमा सबारीहरु तिब्र गतिमा चलाउने गरेको र नियन्त्रण गर्ने ट्राफिक निस्क्रिय रहेको भन्दै स्थानीयबासीले ट्राफिक प्रहरीको आलोचना गरेका छन ।
स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 1:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसले ठक्कर दिंदा स्कूल जाँदै गरेको ४ बालबालिका घाइते"

Leave a reply