|

लघु वित्त दिवस तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

प्रकाश डोटेल
स्याङ्जा–५, कार्तिक ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको २५ दिवसीय ११ औं लघु वित्त दिवस एवम् शाखा स्तरीय वार्षिक समिक्षा कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । स्याङ्जा जिल्ला अन्र्तगत पुतलीवजार नगरपालिकामा रहेको शाखामा हकवाला तथा सरोकारवाला अन्तरक्रिया एवम् उत्कृष्ट केन्द्र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
लघु वित्त सेवावारे प्रचार–प्रसार गर्ने, कार्यक्रमको वारेमा सेवाका हकवालाको सल्लाह, सुझाव लिई समसामायिक सुधार गर्ने एवम् जिल्ला स्थित सरोकारवाला निकायसंग अन्तरक्रिया गरी संस्थाको सेवामा थप प्रभावकारीता ल्याउने जस्ता उद्देश्यले संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत हरेक शाखामा एक दिवसयीय कार्यक्रम आयोजना गर्ने गरिएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०६७/६८ को वार्षिक मुल्याङ्कनमा उत्कृष्ठ हुने महिला स्वावलम्वन केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो । यस वर्ष प्रथम हुनेमा अर्जुनचौपारी–१, को जनकल्याण महिला स्वावलम्वन केन्द्र, दृतिय स्थान हासिल गर्ने स्याङ्जा जिल्ला पुतलीवजार–१३, स्थित झापाकोट महिला स्वावलम्वन केन्द्र, तृतियमा खिलुङ्ग देउराली–३, को मेलमिलाप महिला स्वावलम्वन केन्द्र र सान्त्वना स्थान हुनेमा ठूलाडिही–९, को नवदिप महिला स्वावलम्वन केन्द्र रहेको छ ।
वार्षिक मुल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्ने केन्द्र तथा सम्मानीत व्यक्तित्वहरुलाई प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत र स्थानिय विकास अधिकारी राममणि भट्टराईले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा वोल्दै प्रमुख अथिति भट्टराइले लघुवित्त संस्थाहरुले महिलाहरुको चेतना विकास गरी संगठित गर्दै घरदैलोमा वित्तिय सेवा पुर्‍याउनाले गरिवी न्युनिकरणमा टेवा पग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डुल्लुराज वस्नेत, महिला विकास अधिकृत मिरा शेरचन लगाएतले वित्त सेवाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । समानित व्यक्तित्वको तर्फवाट जनकल्याण महिला स्वावलम्वन केन्द्रका श्यामकला पौडेल, सहभागिको तर्फवाट राङ्खोला महिला स्वावलम्वन केन्दं्रका जमिला खातुन लगाएतले बोलेका थिए ।
कार्यक्रम संस्थाका लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईको सभापतित्व, शाखा प्रवन्धक रामचन्द्र गौतमको स्वागत एवम् संस्थाका जुनियर अफिसर लक्ष्मी कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६४ मा लघुवित्त मार्फत आर्थिक कारोवार गरेको स्याङ्जा शाखाले ४ वर्षको अवधीमा ८३ केन्द्रमा एक हजार सात सय दुई सदस्य आवद्ध गराएको छ । शाखा मार्फत नौ सय ९० सदस्यलाई ऋणी प्रवाह गरेको छ । कुल पाँच करोड ९५ लाख ९१ हजार पाँच सय रुपैयाा लगानी गरेको छ भने सदस्यहरुवाट ७४ लाख नौ हजार आठ सय ९८े रुपैयाा वचत संकलन गरेको शाखाले बताएको छ ।

Posted by Butwalonline on 8:12 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लघु वित्त दिवस तथा वार्षिक समिक्षा गोष्ठी सम्पन्न"

Leave a reply