विपा सम्झौता राष्ट्रघाती भयो : एमाले
प्रकाश डोटेल
स्याङ्जा–५, कार्तिक ।
काठमाडाौ, ५ कात्तिक । नेकपा (एमाले)ले नेपाल र भारतबीच शुक्रबार भएको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विपा)प्रति कडा आपत्ति जनाएको छ ।
सम्झौताबाट नेपालको राष्ट्रियता, सौर्वभौमिकता, अखण्डता एवम् अर्थतन्त्र तहसनहस हुने भन्दै एमालेले सम्झौताको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
चारदिने भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराई र उहााका समकक्षी डा मनमोहन सिंहको समुपस्थितिमा शुक्रबार सो सम्झौतामा हस्ताक्षर भएको थियो ।
विजयादशमी, दिपावली, छठपर्व तथा नेपाल सम्वत्का अवसरमा नेकपा (एमाले) नयाानैकाप गाउा पार्टी कमिटीद्वारा आज यहाा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले यस्तो आपत्ति जनाउनु भएको हो ।
राष्ट्रियताबारे बोलेर नथाक्ने प्रधानमन्त्री भट्टराईको राष्ट्रियता भारतमा पुग्दा पग्लेर समाप्त भएको अध्यक्ष खनालको टिप्पणी थियो । उहााले भन्नुभयो– यो सम्झौता नेपाली राष्ट्रियता विरोधी छ, यसका विरुद्धमा हाम्रो पार्टीले आन्दोलन गर्छ ।
अध्यक्ष खनालले शान्ति प्रक्रिया र नयाा संविधान लेखन अन्तिम अवस्था पुगेको जानकारी दिादै ती कार्यलाई मूर्त रूप दिन दलहरूबीच थप सहमति आवश्यक भएको बताउनुभयो । सो अवसरमा नयाा नैकाप गाउा समितिका जेष्ठ नागरिकहरूलाई उहााले सम्मान पनि गर्नुभएको थियो ।
नयाा नैकाप गाउा पार्टी कमिटीका अध्यक्ष राजभाइ महर्जनको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का सचिव युवराज ज्ञवालीले शान्ति प्रक्रिया र नयाा संविधान लेखनका लागि एमाले इमान्दार रहेको बताउनुभयो ।