|

नुहाउने क्रममा खोलाले बगाएर वेपत्ता

कृष्ण आचार्य ,दैलेख,आश्विन ३- नुहाउने क्रममा लोहोरे खोलाले बगाएर मंगलवार एक जना वेपत्ता भएका छन्
वेपत्ता हुनेमा द्धारी गाविस ९ घर भई हाल तोली गाविस ५ नौमुलेमा व्यापार गदै आएका ४५ वर्षे कविराज पराजुली रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ  ।

मंगलवार दिउसो नौमुले बजार नजीकै रहेको लोहोरे खोलामा नुहाउन साथीहरु संग गएको र खोलाको छालले तानेर विचमा लगेपछि उनि वेपत्ता भएको स्थानियवासी सन्त बहादुर चन्दले बताउनुभयो ।उनको इलाका प्रहरी कार्यालय नौमुलेको टोली र स्थानिय बासीहरुले खोजीकार्य जारी राखेका छन् ।

Posted by Butwalonline on 2:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नुहाउने क्रममा खोलाले बगाएर वेपत्ता"

Leave a reply