|

विद्यालयमा प्रविधिको प्रयोग बढ्दो



मुक्तिप्रसाद न्यौपाने,पाल्पा, ३ असोज-विभिन्न दातृ निकायहरुको सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा कम्प्यूटर प्राप्त भएपछि विद्यालयमा प्रविधिको प्रयोग बढेको छ ।

जिल्लाका मस्यमा गाविसस्थित मस्याम उच्च माध्यमिक विद्यालयलाई नाउमुरा फाउन्डेशन जापानले कम्प्युटर सहयोग गरेको छ । नाउमुरा फाउन्डेशनले करिब तीन लाख बराबरको दुई थान ल्यापटप र चार थान डेक्सटप निमावि तहमा अध्ययनरत विद्यार्थीहरूको लागि सहयोग गरेको हो ।

कम्प्युटर सम्बन्धि ज्ञान र सिप सिक्नका लागि जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता कायमरहेको बेला अब कम्प्युटर शिक्षा लिन बाहिर जानु नपर्ने विद्यालयका निमित प्राचार्य कृष्णप्रसाद पाण्डे बताउछन् । सुचना प्रविधिमा निमावि तहमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान र सिप अभिवृद्धिको लागि विद्यालयलाई सहयोग गरेको नाउमुरा फाउन्डेशनका हारुताका साकाईले बताए ।

त्यस्तै भैरव जनता उच्च मावि भैरवस्थानमा साना बालबालिकाहरुलाई श्रव्य र दृव्य माध्यमबाट पढाउन थालिएको छ । कक्षा कोठामा विद्यार्थीले पढ्न चाहेको विषयको डकुमेन्ट तयार गरी कम्पूटरको सहायतामा कक्षा लिन थालिएको छ । बालशिक्षा अन्तरगत शिशु र कक्षा एकका विद्यार्थीहरुलाई रमाइलो गरी पढाउदा, बुझन सजिलो होस भन्दै आधुनिक प्रविधिको प्रयोग गरी पढाउन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । सामुदायिक विद्यालयको शौक्षिक गुणस्तर विकास गर्नका लागि यो माध्यम बढी प्रभावकारी हुने देखिएकाले पहिलो चरणमा शिशु र कक्षा एकमा श्रव्य र दृव्य माध्यमबाट पढाउन थालेको अध्यक्ष पोखरेलले बताए । विद्यालय व्यवस्थापन समितिको करिव ३५ हजार सहयोग र जिल्ला शिक्षा कार्यालय पाल्पाको बालशिक्षा पढाउनको लागि शिक्षकको व्यवस्था गरेको छ ।

यता पूर्वी पाल्पाको जनकल्याण उच्च माध्यमिक विद्यालय हुागी, पाल्पालाई अमेरिका स्थित डेभिस् फाउन्डेसनको सहयोगमा सात कम्प्यूटर, प्रोजेक्टर तथा साउण्ड सिस्टम एक कार्यक्रममा बिच हस्तातरण गरिएको छ ।

ग्रामीण भेगमा सञ्चारको पहुाचको खााचो भएकोले कम्यूटरमा जडान गरिने इन्टरनेटबाट विद्यार्थीले सूचना पाउने व्यवस्था हुनु आजको आवश्यकता भएको कुरा जनकल्याण उच्च माध्यमिक विद्यालयका प्राचार्य नारायणप्रसाद भट्टराईले बताए । अहिलेको युग सूचना र सञ्चारको युग हो यस समयमा पनि ग्रामीण भेगका विद्यार्थी एवं अभिभावकमा चेतनास्तरमा वृद्धि हुन नसकेकोले सूचनाको पहुाच आवश्यकता रहेको बताए ।
विद्यालयमा कम्प्यूटर भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने भएको छ । ग्रामीण भेगमा सूचनाको बलियो माध्यम रेडियो रहेको छ । विद्यालयमा हस्तान्तरित कम्प्यूटरमा इन्टरनेट जडान भएमा ग्रामीण भेगका विद्यार्थीले पनि विश्वभरका खबर पाउनेछन् ।

Posted by Butwalonline on 11:40 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्यालयमा प्रविधिको प्रयोग बढ्दो"

Leave a reply