|

अनुगमन पश्चात नापतौल बुटवलमा भिड

रुपन्देही,३१ भदौ - चाडवाड नजिकै गर्दा नाप,तौलको गुणस्तर र मापदण्डको बारेमा अनुगमन हुन थालेपछि गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बुटवलमा सेवाग्राहीहरुको भिड लागेको लागेको छ ।

अनुगमनका क्रममा नापतौलका यन्त्रहरु मापदण्ड विपरितका भेटिएपछि नापतौल कार्यालयमा भिड लागेको हो । अन्य वेला काम नपाएर फुर्सिदा भएका यहाँका कर्मचारीहरुलाई अहिले भने भ्यानभ्याई छ ।

‘एक साता अघिसम्म दिनमा २/३ जना पनि सेवाग्राही आउदैनथें’ कार्यालयका साहायक निरीक्षक नुरुल ऐन भाटले भने ‘ अहिले उठ्न पाईएको छैन ।’

यहाँको क्षेत्रिय कार्यालयले लुम्बिनी अञ्चलका रुपन्देही,कपिलबस्तु,पाल्पा,अर्घाखाची र गुल्मिका नापतौलको गुणस्तर प्रमाणित र चेकजाच गरि अनुमति पत्र दिने गर्दछ । लुम्बिनी अञ्चलनै हेर्ने भएपनि अहिले बुटवल र भैरहवाका ब्यवसायिहरु नाप तौलको चेकजाच र अनुमति पत्र लिन आएका हुन् । एक सातामा कार्यालयमा १ सय ५० जना ब्यवसायीहरुले नाप तौलको चेकजाच गर्नुका साथै अनुमति पत्र लिएको जनाईएको छ । एक साता यता यस कार्यालयमा दैनिक २० जनाको हाराहारीमा सेवाग्राहीहरु आउने गरेका छन् । ‘रुपन्देहीमा पनि  अनुगमन हुन थालेपछि सेवाग्राही बढेका हुन्’ साहायक निरीक्षक भाटले भने ।

बुटवल सहित अञ्चलभरिकै ब्यवसायिहरुले मापदण्ड विपरितका ढक तौल र तराजुहरुको प्रयोग गर्ने क्रम बढेको नापतौलमा अहिले देखिएको भिडले प्रमासणत गरेको छ । अधिकांशले नापतौलसम्म आएर नापतौल प्रमाणित गर्ने चलन नै नभएकाले अहिले नापतौलमा एकैचोटी सेवाग्रहीको भिड लाग्दा काम गर्न समेत अप्ठ्यारो भएको कार्यालयका लेखापाल अब्दुल गब्बार खानले बताए । नापतौल कार्यालयमा अन्य वेला सेवाग्राही नआएर कर्मचारीहरु फुर्सिदा हुने गर्दछन् । हाल सेवाग्राहीको घुईचो लागेपछि नापतौल पछि टाचा लगाउने,प्रमाणित गर्ने स्टीकर समेत सकिएकाले शुक्रबार केहि सेवाग्राही फर्किएका थिए ।

कर्मचारी समेत अपुग रहेको क्षेत्रिय कार्यालयमा अहिले भने सेवाग्राहीको चाप बढेपनि काम भने चाडो हुन सकेको छैन । कार्यालयका निरीक्षक योगेन्द्र कुमार पौडेल र अर्का एक जना प्राविधिक पनि अनुगमनमा गएकाले सेवाग्राहीहरुले गुनसो गरेका थिए । गुणस्तर तथा नापतौल भनिएपनि क्षेत्रिय कार्यालयहरुले नापतौलको मात्रै काम गर्दै आएको छ । क्षेत्रिय कार्यालयले आ.व.६७/६८ मा  १ सय ३६ब्यवसायिहरुलाई नापतौलको लागि अनुमति पत्र दिईएको जनाएको छ । त्यस्तै कार्यालयले ३ सय ९७ पेट्रोल पम्प जाँच,५ सय ६८ ब्यवसायिहरुले नापतौलको पुन: जाँच र २४ ब्यवाियहरुले मात्रै नविकरण गरेको उल्लेख छ । तर लुम्बिनी अञ्चलमा हजारौका संख्यामा ब्यवसायिहरु छन् ।

Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अनुगमन पश्चात नापतौल बुटवलमा भिड"

Leave a reply