पाल्पामा बजार व्यवस्थापन अभियान,व्यापारीद्धारा तानसेनका पसल बन्द
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, भाद्र ३०-जिल्ला प्रहरी कार्यालय र तानसेन नगरपालीका कार्यालयले बजार व्यवस्थापनका लागि भदौ २९ गतेबाट १ हप्ते अभियान संचालन गरेको छ । शुक्रबार अभियानका क्रममा व्यापारीले आफुहरुलाई उचित स्थान नदिएको र जवर्जस्ती सामान लगेको भन्दै तानसेन बसपार्कका पसल बन्द गराए ।
राजधानी र केहि शहरहरुमा बजार अनुगमन तिव्र भइरहेका बेला पाल्पामा प्रहरी प्रशासनको सहायतामा बजारको सडक छेउपेटीमा राखेका फुटकर पसलहरुको सामान ट्रकमा राखेर तानसेन नगरपालीका कार्यालय पुर्याउनुका साथै सडक मिचेर निर्माण गरिएको पेटि पसल भत्काइएको छ । आफ्ना सामानहरु लगेको भन्दै केहि व्यापारीले सवारी बन्द गर्ने प्रयास गरेका थिए, प्रहरीले बाटोमा तेर्र्याएर राखेका सवारीलाई धकेलेर बाटो खुला गरेको थियो । त्यस लगत्तै दिउासो १:३० बजेबाट व्यापारीहरुले तानसेन बसपार्कका पसलहरु बन्द गराएका थिए ।
तानसेनको.सडक सााघुरो त्यसमाथि जहाापायो त्यहाा अव्यवस्थित रुपमा पार्किङ गर्दा सवारी आवागमनमा अवरोध पुगेको भन्दै केहि सवारीहरुलाई जरिवाना गर्नुका साथै केहिलाई प्रहरी कार्यालय पुर्याइएको प्रहरी सहायक निरीक्षक तुलबहादुर क्षेत्रीले बताए । तानसेन बजारमा स्थायी रुपमा व्यापारीहरुका लागि प्रशासनको काम राम्रो भनिएको र फुटकर व्यापारीहरुले बिरोध जनाएको उनको भनाइ छ । यसरी एक आपसम अमेलको स्थिती सिर्जना गर्नुभन्दा स्थानीयबासि, उद्योग वाणिज्य संघ, तानसेन नगरपालीका, जिल्ला विकास समिति र यातायात व्यवसायि एकजुट भएर तानसेनका हरेका ठाउा व्यवस्थित गर्नुपर्ने क्षेत्री बताउाछन् ।
यता व्यापारीहरुले भने आफुहरुले पेटिमा राखेको मालसामान पनि प्रहरीले जवर्जस्ती रुपमा उठाएर लगेको र सामानहरु लथालिङ्ग पारिदिएको आरोप छ । बाटोलाई अवरोध नपुग्ने गरि सामान राख्न पाउनु पर्ने व्यापारीहरुको माग छ । तानसेन नगरपालीकाले यस अघि पटक–पटक बजारका पेटिका अव्यवस्थित रुपमा राखिएका सामानहरु हटाउन आग्रह गर्दै आएको र कार्यान्वयन नभएपछि प्रहरिको सहायतामा सामानहरु हटाइएको तानसेन नगरपालीकाका कर्मचारी रामजी कार्की बताउाछन् । पाल्पा बजार कसरि व्यवस्थापन गर्ने भनेर उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालीका एवं स्थानीयबासी छलफलमा जुटेकाछन् ।
गाडी पार्कीङ्गका लागि तानसेनमा हुलाक मोडमा, टुाडिखेल छेउमा, नारायणस्थान चोकहरु र तरकारी एवं फुटकर व्यापारका लागि पनि स्थान तोकिएको छ, जसका लागि निश्चित शुल्क तिर्नुपर्ने नगरपालीकाले जनाएको छ ।
