मगर संघको ध्यानाकर्षण
बुटवल, २६ साउन –स्थानीय शिवालयका जनजागरण महिला समूहका महिलाहरुको कारबाहीपछि बुटवल–१३ योगीकुटीकी कविता थापाले गरेको आत्महत्याको घटनाप्रति नेपाल मगर संघ बुटवल नगर समितिले दुःख व्यक्त गरेको छ ।
संघका नगर अध्यक्ष जनक थापा मगरले विहीबार एक प्रेस विज्ञप्ती जारी गरी उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले कानुनलाई हातमा लिएर कारबाहीको नाममा हातखुट्टा बॉधी कालोमोसो दलेर कुटपिट गर्ने र आत्महत्या गर्न बाध्य पार्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नु पर्ने माग गरेका छन् । उक्त घटनालाई ढाकछोप गरी दोषीलाई उन्मुक्ति दिन खोजिए मगर संघले कडा कदम चाल्ने पनि विज्ञप्ती मार्फत थापाले चेतावनी दिए ।
साभार:दैपस

Posted by Butwalonline
on 10:52 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response