विवादका बीच प्रधानमन्त्रीले दश मन्त्रीलाई सपथ गराए
काठमाडौं, श्रावण १६ - प्रधानमन्त्री झलनाथ खनालले विवादकै बीच दश जना नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराएका छन् । राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको छ । सपथ लिनेमा माओवादीबाट सिफारिस गरिएका ९ र मधेशी जनअधिकार फोरमका १ जना छन् ।
लामो प्रतिक्षापछि प्रस्तावित मन्त्रीहरुले सपथ ग्रहण गर्न पाएका छन् । माओवादीले आफ्ना ३ जना मन्त्रीहरुलाई यथावत तथा केही हेरफेर गर्दै १२ जना मन्त्री र १२ जना राज्यमन्त्रीको नयाँ नाम सिफारिस गरेको थियो । आफ्नो दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को बिरोधका बीच प्रधानमन्त्री खनालले मन्त्रीहरुलाई सपथ ग्रहण गराउने निर्णय लिएका छन् ।
मन्त्रीहरुको सपथ साँझ ५ बजेर ५ मिनेटमा हुने भनिएपनि प्रधानमन्त्री खनाल एमाले स्थायी समिति बैठकमा व्यस्त रहेकाले सपथमा एक घण्टा ढिलाई भएको थियो । स्थायी समितिमा सपथको विषयमा तिब्र मतभेद रहेपनि प्रधानमन्त्री खनाल 'सपथ गराउँछु' भन्दै बैठकबाट बाहिरिएर शितल निवास पुगेका थिए ।
प्रधानमन्त्री खनालले माओवादीका सबै मन्त्रीहरुले दिएको सामूहिक राजीनामा फिर्ता लिनुपर्ने राखेको शर्त माओवादीले स्विकार गरेपछि सपथ ग्रहणको वातावरण निर्माण भएको हो । माओवादीले सामूहिक राजीनामा फिर्ता लिएको पत्र प्रधानमन्त्रीलाई पठाएको छ ।
माओवादीले सिफारिस गरेको १२ मन्त्रीहरु मध्ये ३ जना अहिलेकै क्याविनेटमा छन् । ९ जना नयाँ व्यक्ति छन् । सपथ लिनेमा नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह,पोस्टबहादुर बोगटी सञ्चार,पम्फा भुसाल शान्ति,लोकेन्द्र विष्ट मगर स्वास्थ्य,हिसिला यमी भूमिसुधार,महेन्द्र पासवान उद्योग,जयपरी घर्ती महिला,बालबालिका,लेखराज भट्ट विज्ञान तथा प्रविधि र ओनसरी घर्ती खेलकुद छन् । त्यस्तै फोरमका विजय यादव वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरुको सपथको टुङ्गो लागिसकेको छैन । सपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवास नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतको उपस्थिति रहेको थियो ।
१५ दिनका लागि भट्ट विज्ञान मन्त्री
बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि मधेसी जनअधिकार फोरमले एक नेतालाई सिफारिस गरेपछि भट्टले विज्ञान मन्त्रीमा शपथ लिने भएका हुन् । आफूलाई सिफारिस गरिएकै मन्त्रालयमा शपथ नगराए पद अस्वीकार गर्ने चेतावनी दिएका भट्टलाई अध्यक्ष पुष्पकमल दाहालले १५ दिनका लागि विज्ञान मन्त्रालयको जिम्मेवारी हेर्न भनेका छन् ।
फोरम अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग टेलिफोन सम्पर्क गरी दाहालले आपूर्ति मन्त्रालयको दाबी छाड्न आग्रह गरेका थिए । जवाफमा यादवले उक्त मन्त्रालय पनि नपाए 'फेरि पनि पार्टी फुट्नेभो' भनेपछि दाहालले १५ दिनका लागि विज्ञान मन्त्री र पछि पुनः आपूर्ति मन्त्रालय नै पाउनेगरी शपथ लिन निर्देशन दिएका छन् ।
भट्टले आफू (पोलिट्ब्युरो सदस्य) भन्दा कनिष्ट (केन्द्रीय सदस्य)लाई राम्रा मन्त्रालय दिएकाले विज्ञान मन्त्रालयमा शपथ नलिने अडान राखेका थिए ।मन्त्रालय बाँडफाटमा वाणिज्य तथा आपूर्ति मन्त्रालय फोरमको भागमा थियो । मन्त्रालयको जिम्मेवारी पनि अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले सम्हालेका छन् ।
माओवादी पोलिट्ब्युरो सदस्य भट्ट कैलाली क्षेत्र नम्वर ५ बाट निर्वाचित हुन् । उनले यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
साभार:कान्तिपुर