एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलायो
काठमाडौं, श्रावण १६ - प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले माओवादी मन्त्रीहरुलाई शपथ गराउने तयारी गरेपछि एमाले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।
स्थायी कमिटीको निर्णयविपरीत खनालले शपथ कार्यक्रम तय गरेपछि बरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायत क्रुद्द छन् । उनीहरुले खनालले 'मनोमानी' गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
बैठकमा समयसामयिक विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
यसअघि बसेको स्थायी कमिटी बैठकले माओवादी मन्त्रीहरुलाई शपथ नखुवाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्री खनालले स्थायी कमिटी बैठकले त्यस्तो निर्णय नगरेको भन्दै विशेषाधिकार प्रयोग गरेर शपथ गराउने बताएका थिए ।
साभार:कान्तिपुर