|

गाउं गाउंमा पुस्तकालय


मुक्तिप्रसाद न्यौपाने,साउन २७, पाल्पा-पछौटेपन उन्मुल समाज वेस नेपालले रुम टु रिड नेपालको सहयोगमा जिल्लाका १ सय ११ विद्यालयमा पुस्तकालय स्थापना गरेपछि  विद्यार्थी र शिक्षकहरु उत्साहित भएकाछन् । सन् २००८ देखि शुरु भएको विद्यालयमा पुस्तकालय कार्यक्रमबाट विद्यालयहरुमा पुस्तकालय स्थापना भएपछि खाली समय पाउने वित्तिकै पुस्कालयमा भएका किताबहरु पढ्ने बानि विद्यार्थीमा परेको जनप्रिय निमावि हेक्लाङ्ग पाल्पाका निमित्त प्रधानाध्यापक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

बालबालिका तथा शिक्षकहरुलाई पढ्ने बानीको विकास गदै पठ्यक्रममा अतिरिक्त बाहिर ज्ञानको विकासमा सहयोग गर्ने पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापना भएपछि बाहिरी ज्ञान पाएको र अन्य अतिरिक्त क्रियाकलापमा सहभागि हुने हौसाला पनि मिलेको विद्यार्थीहरुले बताएका छन् ।
पुस्तकालय स्थापनाका लागी विद्यालयहरुलाई फर्निचर र किताबहरु प्रदान गरेको छ । एउटा विद्यालयलाई तिन चरणमा २१ सय तिन प्रकारका पाठ्क्रमसंग मिल्ने किताब, बालबालिका उपयुक्त हुने किताब र शिक्षकहरुलाई सन्र्दभ सामाग्रीहरु प्रयोग गर्ने किताबहरु प्रदान गरिएको छ । एक विद्यालयका पुस्तकालय स्थापना लागी ३ लाख रुपियासम्म खर्च हुने रुम टु रिड नेपालले जनाएको छ ।

 पुस्तकालयको व्यवस्थापनका लागी प्रत्येक विद्यालयबाट २ जना शिक्षकहरुलाई तालिम दिने, विद्यालय व्यावस्थापन समितिका सदस्य तथा प्रधानध्यापकहरुलाई अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ । पुस्तकालय स्थापना भएपछि शिक्षकहरुले सन्दर्भ सामाग्रीहरुको रुपमा प्रयोग गर्ने अवस्था मिलेको बताउदै जिल्ला शिक्षा अधिकारी बिष्णु बहादुर द्वारेले विद्यार्थीहरुमा बाहिरी किताबहरु पढ्ने बानी विकास भएको बताउनुभयो  ।

Posted by Butwalonline on 10:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गाउं गाउंमा पुस्तकालय"

Leave a reply