|

पत्रकार थापाको सातौं स्मृति दिवस,दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन

हत्या गरिएका पत्रकार डेकेन्द्र थापा
कृष्ण आचार्य, दैलेख,साउन २७ –तत्कालिन माओवादी कार्यकर्ताबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रर्दशन गरिएको छ । पत्रकार महासंघ दैलेखले स्मृती दिवसको अवसर पारी आज बिहान प्रर्दशन गरेको हो । प्रर्दशनमा स्थानीय पत्रकारहरुका साथै अधिकारकर्मी संघ–संगठन, कानुन व्यवशायी, व्यापारी र स्थानीयबासीको समेत सहभागिता थियो । ‘हत्यामा संलग्नलाई कारबाही गर, दण्डहिनाताको अन्त्य गर ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर’ लगायतका नारा लगाउँदै उनीहरुले सदरमुकाम परिक्रमा गरेका थिए ।

महासंघले दिउँसो डेकेन्द्रचोकमा खबरदारी सभाको आयोजना गर्दैछ । थापालाई सोधपुछका लागि २०६१ असार ९ गते माओवादी कार्यकर्ताले भवानी गाविसमा बोलाई १९ गते नौमुलेबाट छाडेका थिए । घर फर्कदैं गर्दा उनलाई तोली गाविस र नारायण नगरपालिकाको सिमानामा पर्ने तामेखोलाबाट नेताले बोलाएको भन्दै त्यतिबेला पुन: नियन्त्रणमा लिई साउन २७ गते द्धारी गाविसको सानो चम्लायास्थित विद्यालयमा हत्या गरेका थिए ।

उनी रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकका स्थानीय संवाददाताको रुपमा कार्यरत थिए । हत्यापछि बेपत्ता शव स्थानीयबासीको सहयोगमा चार वर्षपछि मानवअधिकार आयोगको सहयोग तथा पत्रकार महासंघ दैलेख का सक्रीयतामा उत्खनन् गरी परिवारले दाहसंस्कार गरेका थिए । पत्रकार थापाको सातौं स्मृति दिवस को अबसर मा रेडियो ध्रुवतारा एफ,एम दैलेख ले प्रत्यक समाचार को अगाडी सोक धुन बजाएर बिरोध जनाएको छ ।

Posted by Butwalonline on 10:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार थापाको सातौं स्मृति दिवस,दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन"

Leave a reply