|

चितवनका दर्जन भन्दा बढी उद्योग बन्द

भरतपुर, श्रावण १६ - अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघ बद्री बजगाई समूहको आव्ह्रानमा चितवनका एक दर्जन भन्दा बढी उद्योगहरु बन्द भएका छन् । सरकारसंगको सम्झौतामा उल्लेख भए बमोजिम मजदुरहरुले पाउनुपर्ने बढेको १६०० रुपैयाँ नदिएको भन्दैं उद्योगहरु बन्द गरिएका हुन् ।
बन्द हुने उद्योगहरुमा उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यको नेपाल वेल होप एगि्रटेक प्रा. लि., र प्याव्सनका निवर्तमान केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठको स्मल हेभन बोडिङ्गको लेखा शाखा, चितवन उद्योग संघका अध्यक्ष कृष्ण अधिकारीको लाईफ केएर प्रा.ली, स्न्याक्म्स फुड्स प्रालि पिठुवा, नेपाल सिन्टेक्स प्रालि रामनगर, चितवन दुध मिल  रामनगर, राईनो फुड्स भोजाड, ओम सिमेन्ट गोन्दा्रङ्ग, मेरिगोल्ड प्रा. लि. गोन्द्राङ्ग लगायत रहेका छन् ।
अखिल नेपाल ट्रेड युनियन (क्रान्तीकारी) का जिल्ला संयोजक क्षितिजले आफूहरुको माग पुरा नभएसम्म उद्योग नखोल्ने बताए । उनले चितवनका मझौला र ठूला गरी ५० भन्दा बढी होटलले समेत बढेको १६०० नदिएकाले भोलिबाट होटल समेत बन्द गर्ने चेतावनी दिए  ।
यता माओवादी मजदुरको अर्को समुहका जिल्ला अध्यक्ष अनक मगरले भने पार्टी र संगठनको निर्णय नभई बन्द गर्नुको कुनै अर्थ नभएको बताए । उनले कुनै व्यक्तीले गरेको आन्दोलनको अर्थ नहुने भएकाले मान्यता नदिन उद्योगीहरुसंग आग्रह गरे ।
उद्योग वाणिज्य महासंघ चितवनका अध्यक्ष उत्तमलाल चुकेले भने प्रमुख तिन पार्टी निकट ट्रेड युनियनसंग भएको सम्झौता अनुसारको तलब तथा सुविधा उद्योगहरुले दिइरहेको भन्दैं मजदुर संगठन भित्रको आन्तरिक विवादका कारण उद्योग बन्द गरिएको बताए । उनले समस्या समाधानका लागि छलफल चलिरहेको जानकारी दिए ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 11:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवनका दर्जन भन्दा बढी उद्योग बन्द"

Leave a reply