शिक्षा मन्त्रालयमा धर्ना बसेका सयभन्दा बढी शिक्षक पक्राउ
काठमाडौं, साउन १६ प्रहरीले एक सयभन्दा बढी अस्थायी शिक्षकलाई पक्राउ गरेको छ। शिक्षा मन्त्रालयमा धर्ना बसेका उनीहरुलाई प्रहरीले समातेको हो। उनीहरुले आफूहरुलाई स्थायी गरिनुपर्ने माग राख्दै आएका छन्। सरकारले पटकपटक स्थायीका लागि जाँच लिँदा पनि फेल भएका र सीमित अवधिका लागि भनेर तोकिएरै राखिएका शिक्षक यस्तो धर्नामा सामेल छन्। उनीहरुले यसअघि पनि विरोधका विभिन्न कार्यक्रम गर्दै आएका थिए।
साभार :नागरिक न्यूज
साभार :नागरिक न्यूज