|

कृष्णनगर र चन्द्रौटालाई २ नगरपालिका बनाउन सिफारिस

विनोद परियार,बुटवल,भाद्र १-कपिलबस्तुमा नगरपालिका बनाउन नेपाल सरकारले घोषणा गरेपछि  कपिलबस्तुमा पनि अहिले जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण सिफारिस समितिले जिल्लामा २ नगरपालिका बनाउन सिफारिस पठाएको छ । उक्त सिफारिस समितिले कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई बिभिन्न गाबिससंग गाभेर केन्द्रिय सिफारिस समितिमा नगरपािलका बनाउन सिफारिस पठाएको  बताएको छ ।उक्त समितिले यसरी  कष्णनगर र शिवराज नगरपािलका नामाकरण गरेको छ । उक्त  २ नगरलाई नगरपालिकाको सिफरिस गरी पठाएको जिबिस कपिलबस्तुले बताएको छ । जिल्लामा एक साता सम्म ब्यापकरुपमा अध्ययन, अवलोकन, छलफल र बैठक गरी नगरपालिकाको सिफारिस गर्न समितिलेनिर्णय गरेको हो । उक्त दुई स्थानमा  नगरपािलकाका लागि चाहिने सम्मपुर्ण  मापदण्ड पुरा भएको  बताईएको छ ।

समितिका संयोजक तथा स्थानीय बिकास अधिकारी चिरीञ्जीवी भण्डारीका अनुसार समितिले नगरपािलको नाम, समाबेश गाबिसको संख्या, नगरपािलकाको केन्द्र, वडा संख्या र चार किल्ला बिभाजन गरी सिफारिस पठाएको बताउनुभयो ।

Posted by Butwalonline on 7:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कृष्णनगर र चन्द्रौटालाई २ नगरपालिका बनाउन सिफारिस"

Leave a reply