कलेजोमा जोडिएको सिष्टको शल्यक्रिया
पाल्पा, श्रावण ३२ - कलेजोमा जोडिएर रहेको दुई किलोको हाईडाटिड सिष्टको लुम्विनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रभासमा अप्रेसन सफल भएको छ । ल्याप्रोटोमी प्रविधिबाट गरिएको अप्रेसन सफल भएपछि चिकित्सकहरु खुसी भएका छन् ।
गुल्मीको बुढीचौर घर भएका ११ वर्षीय सन्तोष सुनारीको कलेजोबाट मंगलवार शल्यक्रिया गरेर सिस्ट निकालिएको हो । प्राध्यापक डा. वाईजी ताम्बे, डा. प्रकाश सापकोटा र डा. प्रदिप तिमिल्सेना लगायत चिकित्सकको टोलीले शल्यक्रिया गरेका हुन् । ल्याप्रोटोमी प्रविधिबाट पहिलो पटक यति ठूलो सिस्टको सफल अप्रेसन गरिएको हो ।
सुनारीको कलेजोमा दुई किलो एकसय ग्रामको सिस्ट रहेको थियो । बरिष्ठ सर्जन डा. प्रकाश सापकोटाका अनुसार डेढ लिटर पानीले भरिएको अवस्मा रहेको सिस्टलाई सफलतापुर्वक शल्यक्रिया गरिएको छ । सामान्य मासु पलाउने र पानी जम्ने भएपनि यति ठुलो कमै हुने उनले बताए । शल्यक्रिया पश्चात् सुनारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
साभार:कान्तिपुर