युवकको अपहरणपछि फिरौतीमा मोलमोलाई,सबै पक्षसाग रिहाइको पहलकालागि अपिल
अपहृत किशोर न्यौपाने |
मुक्तिप्रसाद न्यौपाने,साउन ३२, पाल्पा- जल्पा–३, पाल्पाका १६ वर्षे युवक किशोर न्यौपानेको अज्ञात समूहले अपहरण गरेपछि परिवारसंग फिरौतिका लागि मोलमोलाई गरेको छ ।
अपहरणपछि फिरौतीका लागि अज्ञात समूहले दुई दिनपछि आमा मुन्ना कुमारी न्यौपानेलाई फोन सम्पर्क गरि किशोर आफुहरुको कब्जामा रहेको र छोरा फिर्ता लैजानको लागि १ करोड रकम जम्मा गर्नुपर्ने बताएका थिए । आमा मुन्नाले सो रकम दिन नसक्ने बताएपछि समूहले फोन विच्छेद गरेको बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको थियो ।
अर्को दिन आमा मुन्नासागै सम्पर्क गर्दै समूहले ५० लाखको माग गरे तर आफूहरुसाग आर्थिक हैसियत कमजोर भएको परिवार भएको बताएपछि समूहले कहिले ३० लाख त कहिले २० लाख गर्दै १५ लाखसम्म रकम पाए छोरा फिर्ता गर्ने बताएपनि रकम कहाा ल्याउने बारेमा आफूहरुले पछि बताउने बताएको समूह दुइदिन अघिबाट सम्पर्कमा नरहेका परिवारजनले बताएको थियो ।
जल्पा स्थायी घर भई तानसेन नगरपालीका ३ पाल्पामा एक भाई र बैनीको साथमा आफ्नै घरमा बस्दै आएका किशोर न्यौपाने साउन २२ गते ४ बजे घरबाट साथिकोमा जानको लागि हिाडेपनि सााझ भाईलाई सम्पर्क गरि आउन नसक्ने जानकारी गराएका किशोर २३ गते अपहरणमा परेको हुनसक्ने पारिवारीक स्रोतले बतायो । अपहरणपछि अपहृत युवक किशोरकै मोवाईल नम्बरबाट समूहले सम्पर्क गरि आमासाग कुर गर्ने तर बुबा रामप्रसाद न्यौपानेसाग कुरा गर्न नमान्ने आमाले बताइन् ।
रिहाइको पहलकालागि अपिल गर्दै अपहृत किशोरका बाबा-आमा |