माओवादीका बाँकी मन्त्रीले आज राजीनामा दिने
उजीर मगर, काठमाडौं, साउन १३- माओवादीबाट मन्त्री बनेका तीन जनाले आज राजीनामा दिने भएका छन्। बाँकी तीन जनाले पनि राजीनामा दिएपछि यो सरकार माओवादी मन्त्रीबिहीन हुनेछ। माओवादी स्थायी समिति बैठकले
आजैमात्र यस्तो निर्णय गरेको हो।माओवादीले सिफारिस गरेका नयाँ २४ मन्त्रीलाई प्रधान मन्त्रीले शपथ खुवाउन आलटाल गरिरहेकाले शपथ नखुवाए समर्थन फिर्ता लिन सक्ने माओवादी नेताले बताउँदै आएका छन्। बैठकपछि एक नेताले भने- हाम्रा नयाँ मन्त्रीलाई भोलिसम्म शपथ नखुवाए समर्थन फिर्ता लिनेसम्मको निर्णय गरिनेछ।
साभार :नागरिक न्यूज