'बोलबम' धार्मिक यात्रामा हिडेकाको मृत्यु
सर्लाही, श्रावण १४ - बागमती नदीबाट जल बोकी भारतको मढिया स्थित शिव मन्दिरमा चढाउनका लागि जादैं गरेका एक बोलबम यात्रीको शनिबार सर्लाही सदरमुकाम मलंगवामा मृत्यु भएको छ ।
भारतको सीतामढी जिल्ला बरियारपुर-१ घर भएका १४ बषिर्य रबिन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो अपरान्ह बागमती नदीबाट जल उठाएर पैदल मढिया जान लागेका महतो मलंगवामा पुगेपछि अचानक बेहोस भएका थिए ।
उपचारका लागि तत्काल नजिकै रहेको जिल्ला अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताउनु भयो । मृतकको लाश भारतबाट आफन्त आएपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
त्यसतै जल लिएर मढिया जादैं गरेको सितामढी जिल्ला सिमाहिनीका दश बर्षे बालक सरोज साह मलंगवामा ट्याक्टरबाट लडेर बेहोस भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
भारतको सिमाबर्ती मढीया मन्दिरमा भारतीय र नेपाली बोलबम यात्रु बागमती नदीबाट जल उठाएर चढाउन लैजाने गर्छन् । हिजो साँझ सम्ममा १० हजार भन्दा बढीले बागमती नदीबाट जल उठाएका छन् ।
साभार:कान्तिपुर