|

आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने माओवादी निर्णय

काठमाडौ, श्रावण १४ - मन्त्रिपरिषद् पनर्गठन नगरिएकोमा प्रधानमन्त्रीसंग असन्तुष्ट रहेको माओवादीले सरकारमा रहेका आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । साथै, आइतबारसम्म मन्त्रिपरिषद् पुनर्गठन नगरिए सरकरालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

मन्त्रीहरु फेरबदल गर्दै मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादीले प्रधानमन्त्री झलनाथ खनाल समक्ष प्रस्ताव गरेको एक साता भइसक्दा पनि कार्यान्वयन नभएकोमा माओवादी असन्तुष्ट बनेको छ । शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका आफ्ना सबै मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउने निर्णय लिएको छ । शनिबार नै मन्त्रीहरुले राजीनामा बुझाउने छन् ।  उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले यसअघि नै राजीनामा दिइसकेका छन् ।

माओवादी केन्द्रीय समिति बैठकले कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी टीमलाई फिर्ता बोलाएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिको निर्णय अनुसार नयाँ १२ मन्त्री र १२ राज्यमन्त्रीलाई सपथ खुवाउन प्रधानमन्त्रीलाई नामावली दिएका थिए ।

आफ्नो पार्टी एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको तिव्र दवाबका कारण प्रधानमन्त्रीले सत्ता साझेदार माओवादीको प्रस्ताव कार्यान्वयनमा लान सकेका छैनन् । मन्त्रिमण्डलको पुनर्गठन तीन दलबीच भएको पाँच बुँदे सहमतिको भावना विपरीत हुने भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसले माग गर्दै आएको छ ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 12:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने माओवादी निर्णय"

Leave a reply