|

३४ शिक्षकको राजीनामापछि समता स्कुल बन्द

नवलपरासी ,श्रावण १४ -  मासिक एक सय शुल्क लिएर स्तरीय शिक्षा दिंदै आएको समता स्कलका ३५ शिक्षकहरु मध्ये ३४ शिक्षकले एकैचोटि राजीनामा दिएपछि बिद्यालय बन्द भएको छ ।
कावासोती स्थित समताका प्रिन्सिपल शेषकान्त रिमाल बाहेक सबै शिक्षकहरुले तलब बृद्धि लगायतको माग सुनुवाई नभएको भन्दै शुक्रबार एकै पटक राजिनामा दिएका हुन् ।

व्यवस्थापनले गत बिहीबार आकस्मिक सूचना प्रकासन गरेर बिद्यालय ५ दिनका लागि बन्द गरेको जानकारी गराएको छ । शिक्षकहरुको सामान्य तलब बृद्धि र व्यवस्थापन पक्षबाट शिक्षकहरुलाई सम्मान दिनपर्ने बिषयमा बिवाद बढदै गएपछि एकै पटक सबैले राजिनामा दिएको स्कुल छाडेका एक शिक्षकले जानकारी गराएका छन् ।

ती सबै शिक्षकहरुले शुक्रबार संयुक्त राजीनामा दिएपछि व्यवस्थापनले त्यसैदिन  राजीनामा स्वीकृत गरेको हो । बांकी रहेको  ४/५ महिनाको तलब भुक्तानी दिएर राजीनामा स्वीकृत गरेको हो ।

राजीनामाका कारण बिद्यालय बन्द भएपछि चिन्तित अभिभावकहरुले छोडेकै शिक्षकहरुसंग वार्तागरी समाधान निकाल्न व्यवस्थापनलाई दवाब दिएपछि शनिबार दिनभरी जसो शिक्षक र व्यव्स्थापनबीच वार्ता जारी छ ।
समताका स्कुलका प्रिन्सिपल शेषकान्त रिजालले वार्ता भइरहेकाले अहिले नै  केही बताइहाल्न नहुने प्रतिकृया दिए । 'काठमाडौंबाट निर्देशक विनोद पाण्डे सहित हामी वार्तामै छौं अहिले नै केही नभनौं उनले भने ।
समताका संस्थापक उत्तम संजेलसँग शनिबार प्रतिकृया लिन खोज्दा उनी सर्म्पर्कमा आउन चाहेनन् । त्यहाँ कार्यरत शिक्षकहरुले बढिमा ६/७ हजारसम्म मासिक तलब लिदैं आएका छन् । समाजिक सेवा जस्तो भएकाले थोरै पारिश्रमिक लिएर काम गरेको एक शिक्षकले बताए ।

बाँसैबाँसबाट बनाईको समता स्कुलमा बिद्यार्थीको चाप अत्यधिक रहेको छ  । सरकारी बिद्यालय भन्दापनि सस्तो शुल्कमा पढाउने भएपछि आसपासका महंगा नीजि बिद्यालय छोडेर समतामा पढन आउने बिद्यार्थीहरुको संख्या  ओइरो छ ।

कावासोती स्थित समताले अर्को वर्षेखि कक्षा १० संचालन गर्ने तैयारी पूरा गरेको छ । मासिक शुल्क एक सय रुपैयाँ लिने भनेर चर्चामा आएको समताले हरेक महिना परिक्षाका लागि थप ५० रुपैयाँ गरी डेढसय शुल्क लिदैं आएको छ ।

नेपालको औद्योगिक घराना चौधरी उद्योगका निर्देशक निर्वाण चौधरी लगायतले गरेको आर्थिक सहयोगबाट समताको भवन निर्माण लगायतका पूर्वाधार तयार पारिएको हो ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 2:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "३४ शिक्षकको राजीनामापछि समता स्कुल बन्द"

Leave a reply