|

गुडिरहेको बसमा ढुंगा खस्दा भारतीयको मृत्यु

१४ साउन, चितवन । चितवनको मुग्लिङ नजिकै गुडिरहेको भारतीय नम्बरको बसमाथि आज बिहान पहिरो खस्दा त्यसमा सवार एकजनाको मृत्यु भएको छ ।
अन्य ११ यात्रु घाइते भएका छन् । नाराणगढबाट काठमाडौँ आउँदै गरेको भारतीय पर्यटक सवार यू पी ६२ टी ४९०९ नम्बरको गुडिरहेको बसमाथि आज बिहान एक बजे पहिरो खस्दा भारत जोनपुर कालीकुतीकी ६० वर्षीया कैलासी सिंहको मृत्यु भएको प्रहरीले मुग्लिङ प्रहरीले जनाएको छ । । घटनामा गम्भीर घाइते सिंहको राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई महानगरीय प्रहरी प्रभाग गौशालामा राखी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
यसैबीच चितवनको कबिलास-६ सिमलतालमा आज बिहान खसेको पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड बिहान साढे ७ बजेदेखि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ ।
साभार :अनलइनखबर

Posted by Butwalonline on 2:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुडिरहेको बसमा ढुंगा खस्दा भारतीयको मृत्यु"

Leave a reply