हत्या गरी टाउको र गुप्ताङ बीच सडकमा फ्याँकियो
नेपालगन्ज, असार २४- बाँके जिल्ला हिरमिनिया गाविस-१ भंघोटना गाउँका रामफेरन वर्माको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उदय तामाङका अनुसार हत्या गरिएका वर्माको टाउको र संवेदनशील अङ्ग कपडाले बेरिएको अवस्थामा आज बिहान जिल्लाको बेतहनी-१ सन्तलियाको बीच सडकमा फेला परेको छ।
मृतकको शरीर हालसम्म बरामद नभएकोले प्रहरीले खोजतलासलाई जारी राखेको छ। रासस