|

नक्कली चालक तीन हजार धरौटीमा रिहा

भैरहवा, असार १९ - रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी शेरबहादुर बस्नेतका छोरा अंकितले गाडी सिक्दा भएको दुर्घटनामा खडा गरिएका नक्कली चालक भीमबहादुर चन्दलाई जिल्ला अदालतले तीन हजार धरौटीमा रिहा गरेको छ।चालक चन्दले गाडी चलाएको मुचुल्का तयार गर्दै प्रहरीले सवारी ऐन अनुसार रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले सञ्चारमाध्यममा समाचार आएको भन्दै एसपीका छोरा अंकितसमेतलाई मुद्दा दायर गरेको थियो।
अदालतमा चन्दले गाडी आफैंले चलाएको र अंकितले आफूले नचलाएको बयान दिएका थिए। बयानपछि अदालतले अंकितलाई सफाइ दिएको छ। असार ११ गते दिउसो भलुही जंगलमा एसपी बस्नेतका छोरा अंकितले गाडी सिक्दा भएको दुर्घटनामा पाल्पा सत्यवती-१ का प्रहरी जवान योगेन्द्र केसीको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलले बा५च ४५५७ नम्बरको गाडी दुर्घटना भएको र चालक भीमबहादुर चन्द रहेको मुचुल्का तयार गरी शव पीडित परिवारलाई बुझाएको थियो।

Source:NagarikNews

Posted by Butwalonline on 9:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नक्कली चालक तीन हजार धरौटीमा रिहा"

Leave a reply