|

पुनः श्रम स्वीकृति हटाउन खाडीमा माग

दोहा (कतार), अषाढ ३० - छुट्टीमा घर गएर काममा र्फकने बेला पुनः श्रम स्वीकृति लिनुपर्ने भन्दै त्रिभुवन विमानस्लमा कामदारलाई दुःख दिने क्रम बढेपछी खाडीस्थित विभिन्न राष्ट्रमा कार्यरत नेपाली संस्थाहरुले त्यसलाई तत्काल हटाउन माग गरेका छन् ।
उनीहरुले अब्यबहारिक नियमबाट कामदारलाई झमेला र वैदेशिक रोजगार विभागको मिलिमतोमा दलाललाई ठगी गर्ने बाटो दिएको भएको भन्दै हटाउन माग गरेका हुन् । कतार, साउदी अरब, संयुक्त अरब ईमिरेष्ट -युएई)र बहराईनस्थित नेपाली संस्थाका प्रतिनिधीहरुले विदेशमा कार्यरत कामदारलाई पुनः श्रम स्वीकृति लिनुपर्ने भन्ने निर्णय हटाउन ज्ञापनपत्र मार्फत सरकारसंग माग गरेका छन् ।
गैह्र आवासीय नेपाली संघ -एनआरएन), राष्ट्रिय समन्वय परिषद, कतारको प्रतिनिधी मण्डलले कतारस्थित नेपाली दुतावास मार्फत वुधवार श्रम मन्त्री मोहम्मद इश्तियाक राइलाई ज्ञापनपत्र पठाउँदै पुनः श्रम स्वीकृति लिनु पर्ने भन्ने व्यवस्था तुरन्त हटाउन माग गरेको छ । एनआरएनए कतारका अध्यक्ष नरेन्द्रबहादुर भाटले राजदुत डा. सुर्यनाथ मिश्रलाई ज्ञापनपत्र वुझाउँदै धेरै कामदारले अनाबश्यक झमेला व्योहोरेले पुनः श्रम स्वीकृति लिनु पर्ने भन्ने नियम हटाउनु पर्नेमा जोड दिए ।
'यसले केहि भ्रष्ट कर्मचारी तथा ठग दलालहरुबाट वैदेशिक रोजगारमा जानेहरुलाई दुःख दिने र ठूलो परिमाणमा आर्थिक भ्रष्टचार भएको हुन सक्ने आम ठम्याई छ' मन्त्रीलाई पठाएको विज्ञप्तीमा भनिएको छ-'पटक पटक साविक कै देशमा नविकरण गरिएको करारनामा अनुसार विदेश जाने व्यक्तिलाई नयाँ श्रम स्विकृती लिन लगाउनु र थप शुल्क तिर्न लगाउनु न्यायोचित नहुने भएकोले यसलाई तुरुन्त हटाउने व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।' एनआरएने पुनः श्रम स्वीकृतिको लागि कामदारले बनाउन परेको नक्कली काजजात समेत ज्ञापनपत्रमा पेश गरेको छ ।
एआरएनले विमानस्थलको अध्यागमनमा कर्मचारीसंग प्रतिवाद गर्न सक्ने, कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न -घुस दिन) सक्नेलाई नयाँ श्रम स्विकृती र थप शुल्क बुझाउनु नपरेको तर सोझा व्यक्तिहरुलाई भने नयाँ श्रम स्विकृती र थप शुल्क बुझाएर मात्रै अध्यागमनले छाडेको उदाहरणहरु भएको जनाएको छ । प्रतिनिधी मण्डलका सदस्यहरुले कुराकानीमा शुरुमा काम गर्न विदेश जाँदा श्रम स्वीृकृती लिनुपर्ने, एक पटक कल्याणकोषमा रकम तिर्नुपर्ने र जीवन विमाको अधवी सकिए पुनः नविकरण गर्नु पर्ने नियमलाई भने उपयुक्त बताएका छन् ।
उता, साउदी अरबस्थित एनआरएन अध्यक्ष धरम केसीले कामदारले भोगेका समस्याहरु मिडियामा आएको जनाउँदै काठमाडौंस्थित एनआरएनको केन्द्रीय सचिवालयलाई सरकारवाला मन्त्रालय, विभाग र निकायमा बुझेर तत्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
साउदीबाट अध्यक्ष केसीले मंगलवार लेखेको पत्रमा छुट्टीमा घर गएका कामदारले पुनः श्रम स्वीकृति, संझौता, विमा लगायतका कागजात अनिवार्य रुपमा देखाउनु पर्ने, देखाउन नसके विमानस्थलबाटै फकाई दिने वा वैध, अबैध दस्तुर -घुस) दिनुपर्ने जस्ता स्पष्ट पारिदिन अनुरोध गरेको छ ।
युएईस्थित एनआरएनले रोजगारदाता मुलुकको मान्यता प्राप्त भिसा, काम गर्ने अनुमति पत्र, हवाई टिकट समेत अध्यागमन विभाग पुगेका कामदारलाई आफ्नै सरकारी निकायहरुबाट दुख दिनु, उडान भर्न नदिई फर्काइनु, अवैधानिक बहानामा पैसा असुली गर्नु वैदेशिक रोजगारीलाई हतोत्साहित गर्ने काम भएकोमा आपत्ती जनाएको छ । अध्यक्ष चुढामणी ढकालद्धारा जारी ध्यानाकर्षणपत्रमा 'नयाा कामदारहरुलाई श्रम स्वीकृतिलिनु जायज हो तर बषौंदेखि कानुनी मान्यता प्राप्त भिसा पाएकालाई पुन ओरेन्टेशन, मेडिकल, श्रमस्वीकृतिजस्ता प्रारम्भिक कार्य गर्नुपर्ने अवस्थालाई पुनर्विचार गरियोस्' भन्ने उल्लेख छ ।   
बहराईनस्थित नेपाली क्लवले प्रतिनिधीहरुले पनि पुनः श्रम स्वीकृतिले कामदारलाई दुःख दिएको भन्दै खारेज गराउन संस्थागत रुपमा माग गरेको बताएका छन् । नेपाली दुतावासहरुलाई समेत जानकारी नदिइएको वैदेशिक रोजगार विभागको अपारदर्शी नियमबाट छुट्टीमा घर गएर फर्किने कामदारहरु समस्यामा पर्दै आएको खाडीमा गुनासो बढेको छ ।
Source:Kantipurnews

Posted by Butwalonline on 11:41 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "पुनः श्रम स्वीकृति हटाउन खाडीमा माग"

  1. स्वदेशमा रोजगार त मिलेन मिलेन विदेशबैदेशिक राजगारमा जानको लागि पनि यो सास्ती खप्नु पर्ने ...?? यस बिषयमा सरकारले बिशेस ध्यान दिनु पर्यो,

Leave a reply