|

बजेट पेश गर्न नसकेकामा अर्थ मन्त्रीद्वारा क्षमायाचना

अर्थ मन्त्री भरतमोहन अधिकारीले बजेटको ब्रिफकेससमेत संसदमा पुर्‍याइसकेका बेला बजेट पेश गर्न नसकेकामा देशबासीसँग क्षमायाचना गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत् भने- मैले सहमतिमै बजेट ल्याउँछु भनिसकेकाले लाचार भएर राष्ट्रिय हितका लागि पनि बजेट रोकेको हुँ।बजेट पेश गर्न नसकेपछि संविधान सभा भवनमै आयोजना गरेका पत्रकार सम्मेलनमा उनले भने- म बजेट पेश गर्न सघाउन सबै दललाई आग्रह गर्छु। उनले मधेसी मोर्चाको आग्रह र प्रमुख तीन दलको सहमतिमा भोलि १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको पनि बताए।


अर्थ मन्त्री अधिकारीले सहमति र सहकार्यविना अघि बढ्न नसकिने भन्दै भोलि बजेट पेश गर्ने बताए। र भने- भोलिसम्म मधेसी मोर्चाका साथीहरु कन्भिन्स हुनेछन् भन्ने विश्वास छ। उनले सरकारको तर्फबाट कमजोरी भएको पनि स्वीकार गरे।
Source:NagarikNews

Posted by Butwalonline on 4:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बजेट पेश गर्न नसकेकामा अर्थ मन्त्रीद्वारा क्षमायाचना"

Leave a reply