वर्षाले देशभर बाढी पहिरो, झापामा बालिकाको मृत्यु
बालिकाको पोखरीमा डुवेर मृत्युझापाको पृथ्वीनगरमा एक बालिकाको पोखरीमा डुवेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पृथ्वीनगर ५ वस्ने राम राजवंशीकी छोरी १० वर्षीया सुजाताको स्थानीय झरझरे पोखरीमा डुवेर मृत्यु भएको हो ।
सुजाता असार १५ गतेदेखि घरवाट वेपत्ता थिइन् । उनी शुक्रवार विहान पोखरीमा मृत फेला परेकी हुन् । प्रहरीले उनको मृत्युको कारणवारे थप अनुसन्धान अगाडि वढाएको डिएसपी विद्यानन्द माझीले जानकारी दिए । आफन्तले भने उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ ।
यसैवीच झापाको वाहुनडागीमा हात्ति आक्रमणवाट एक महिला सख्त घाइते भएकी छन् । वाहुनडागी ६ की २४ वर्षीया यशोधा विश्वकर्मा घाइते भएकी हुन् । शुक्रवार विहान घर नजिकै घास काट्दै गरेकी विश्वकर्मालाई हात्तिले उचालेर पछारेको पीडितका पति ज्ञानवहादुर विकले जानकारी दिए ।
उनलाई उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ ।
पाल्पा संवाददाता माधव अर्यालका अनुसार त्यहाँ छुट्टा-छुट्टै स्थानमा गएको पहिरोमा च्यापिर तीन जनाको मृत्यु भएको छ । पश्चिम पाल्पाको पालुङ्मैनादी गाविस-६ दशैघरटोलमा पहिरोले गोठ बगाउँदा शुक्रवार विहान दुई किशोरीको मृत्यु भएको छ ।
पहिरोमा परेर तल्लो माथिल्लो घरका १७ बर्षीया सिर्जना विक र १६ वर्षीया सुनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदीबहिनी संगैबसेर गोठको कोठामा पढिरहेको अवस्थामा पहिरोसंगै बगाएको कुटमेराकोरुख ढलेर च्यापेको स्थानीय लिला कार्कीले बताए ।
पढेर बसेका उनीहरुको शुक्रवार विहान १ बजे पहिरो खसेर गोठ भत्किदा च्यापिएर मृत्यु भएको हो । एसएलसीमा गणित विषय लागेर पुरक परीक्षाको तयारी गरेकी सिर्जना र कालिका माविमा कक्षा १० पढ्ने सुनिता संगै बसेर पढ्ने गर्दै आएका थिए । गोठमा बांधेर राखेको लैनौभैसी पहिरोले च्यापिएर मरेको छ । शुक्रवार विहान स्थानीय र प्रहरीले पहिरो पन्छाएर शव बाहिर निकालेको छ ।
त्यस्तै,अविरल वर्षासंगै सडकमाथिबाट खसेको पहिरोले गुड्दै गरेको मोटरसाईकललाई च्याप्दा मोटरसाइकलमा सवार एक यात्रुको मृत्यु भएको छ ।
बुटवलवाट पाल्पा आउदै गरेको लु ५ प १२७ नम्वरको मोटरसाईकल दोभान गाविसको झुम्सा नजिकै पहिरोले च्यापेको हो । पहिरोले च्याप्दा मोटरसाईकल चालक रुपन्देही मधौलिया-७ का ३५ वषिर्य धर्मप्रसाद भण्डारी गम्भिर घाइते भएका थिए । पहिरोको दलदलबाट स्थानीयले गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा बिहीबार राती मृत्यू भएको प्रहरीले जनाएको छ । तीनदिन देखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गका दर्जनबढी स्थानमा पहिरो खस्दा गएरातीदेखि सवारी साधन चल्न सकेका छैनन् ।
यस्तै तानसेन-वुटवल सडकको जरेपिपल, डुम्रे, हिउदेखोलामा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि पोखरा, गुल्मी, पाल्पातर्फवाट वुटवल, भैरहवातर्फ हिडेका सवारी साधन बाटोमै रोकिएपछि त्यहाँ सवार सयौ यात्रुहरु अलपत्र परेका छन् । उता वुटवलवाट पाल्पा तर्फ आउने सवारी साधन वुटवलमै रोकिएका छन् ।
बुटवलतर्फवाट वाटो खुलाउन डोजर लगाईसकिएको र पाल्पा तर्फवाट पनि डोजर लगाउने प्रहरीले जनाएको छ । पानी पर्न रोकिनासाथ डोजरले बाटो खुलाइने छ । तीन दिनदेखि वषर्ा नरोकिएकोले डोजर लगाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासंगै पाल्पाका ग्रामिण सडक चिलाङ्गदी चापपानी, दर्लमडाडा सडक समेत अवरुद्ध भएको छ । अविरल वर्षासंगै ग्रामिण सडकमा डोजर लगाएर खनिएका सबै सडकमा जीप सेवा बन्द भएका छन् ।
तनहुँबाट पूर्ण विकले जनाएअनुसार भिमाद ८ लहरोनीमा शुक्रवार विहान पहिरो जाँदा ४ घरमा क्षति पुर्याएको छ । स्थानिय जिउकुमारी राना, तीलक नेपाली, सोमकुमार श्रेष्ठ र छविलाल थापा मगरको घरमा माथिवाट आएको पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । पहिरोले जिउकुमारीको घरको भित्ता पुरिएको छ । पानी गर्दै गरेकोले थप क्षति पुर्याउन सक्ने भएकोले उनीहरुलाई सुरक्षित स्थान तर्फ सारिएको ईलाका प्रहरी कार्यलय भिमादका प्रहरी नायव निरिक्षकले वताए । त्यस्तै पहिरोले पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी नजिकैको मार्किचोकमा खहरे वढेर राजमार्गमा प्रवेश गर्दा विहानै देखि वजेदेखि सडक अवरुद्ध भएको छ ।
सुनसरीबाट शंकर खरेलले जनाए अनुसार पकली र दुहबीका दुई वडामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । पकली-५ सुकुम्वासी वस्तीका सयभन्दा बढी घर परिवार सामान घरमै राखेर सुरक्षित स्थानतर्फ लागेका छन् भने दुहबी-४ मा १ जलमग्न भएका सयभन्दा बढी घरका परिवारले प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन गरेका छन् । पकली-५ मा ३ सय मिटर कच्ची सडकसमेत पानीले पुरेकोछ । बुढी खोलाले इटहरीदेखि दुहबीसम्म झण्डै २ बिघा जग्गा कटान गरेकोछ । वषर्ाले हिलाम्य भएकाले साप्ताहिक हाट बजारसमेत प्रभावित भएकाछन् ।
म्याग्दी-अविरण झरी पछि बुधवार राती आएको बाढीले मुस्ताङको टुकुचे गाविसमा रहेको चोखोपानी साना जलविद्युत आयोजनाको नहर पुरेपछि विद्युत उत्पादन बन्द भएको छ ।
दुई सय ५० किलोवाट क्षमत्ताको चोखोपानी जलविधुत आयोजनाको नहर बाढीले पुरेपछि हिमालपारीको जिल्ला दुई दिनदेखी अन्धकारमय छ । वषर्ा नरोकिएकोले आयोजनाको नहरमा प्रवेश गरेको बाढीलाई तर्काउने र लेदो हटाउन नसकिएको आयोजना अन्तरगतको स्वेत भैरव पावर स्ाप्लाई प्रालि जोमसोमका प्राबिधिक राजेन्द्र थकालीले बताए ।
विद्युत आपुर्ती हुन नसक्दा छुसाङ, झोङ, कागबेनी, मुक्तिनाथ, जोमसोम, टुकुचे, मार्फा, कोवाङ, लेते र कुञ्जो गाविसमा विद्युत आपूर्ती बन्द भएको हो । लाईन मर्मत गरी विद्युत आपुर्ती अवरुद्ध भएको प्राविधिक थकालीले बताए । म्याग्दी हुंदै मुस्ताङ्गमा जोडिएको विधुतको केन्दि्रय प्रसाशरण लाईनमा पनि तीन दिनदेखी समस्या आएको छ ।
यसैगरी जोमसोमका संञ्चारकर्मी चन्द्रेश्वर बास्ताकोटीका अनुसार प्रतिकुल मौसमका कारण पााच दिनदेखि पोखरा जोमसोम हवाई उडान बन्द छ । पोखरा-जोमसोम रुटमा एयरलाइन्सले दैनिक सरदर १० उडान भर्दै आएका छन् ।
अविरण वषर्ापछि बेनी-जोमसोम सडकको विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुंदा यातायात पनि विच्छेद भएको छ ।
स्रोत: कान्तिपुर
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पृथ्वीनगर ५ वस्ने राम राजवंशीकी छोरी १० वर्षीया सुजाताको स्थानीय झरझरे पोखरीमा डुवेर मृत्यु भएको हो ।
सुजाता असार १५ गतेदेखि घरवाट वेपत्ता थिइन् । उनी शुक्रवार विहान पोखरीमा मृत फेला परेकी हुन् । प्रहरीले उनको मृत्युको कारणवारे थप अनुसन्धान अगाडि वढाएको डिएसपी विद्यानन्द माझीले जानकारी दिए । आफन्तले भने उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ ।
यसैवीच झापाको वाहुनडागीमा हात्ति आक्रमणवाट एक महिला सख्त घाइते भएकी छन् । वाहुनडागी ६ की २४ वर्षीया यशोधा विश्वकर्मा घाइते भएकी हुन् । शुक्रवार विहान घर नजिकै घास काट्दै गरेकी विश्वकर्मालाई हात्तिले उचालेर पछारेको पीडितका पति ज्ञानवहादुर विकले जानकारी दिए ।
उनलाई उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ ।
बाढी पहिरोले धनजनको क्षति
लगातार परेको अविरल वर्षाले मुलुकको विभिन्न भागमा गएको बाढी पहिरोले धनजनको क्षति पुर्याउनुका साथै जनजीवन अस्तव्यस्त बनाएको छ । पाल्पामा पहिरोमा च्यापिएर दुई जना किशोरी संगै एक युवकको मृत्यु भएको छ । बुटवल र तनहुँमा कतिपय घर बगाएको छ । सुनसरीमा वस्ती नै डुबानमा परेको छ । राजधानी काठमाडौंमा यस वर्षकै अत्यधिक वर्षा भएको छ । पाल्पा संवाददाता माधव अर्यालका अनुसार त्यहाँ छुट्टा-छुट्टै स्थानमा गएको पहिरोमा च्यापिर तीन जनाको मृत्यु भएको छ । पश्चिम पाल्पाको पालुङ्मैनादी गाविस-६ दशैघरटोलमा पहिरोले गोठ बगाउँदा शुक्रवार विहान दुई किशोरीको मृत्यु भएको छ ।
पहिरोमा परेर तल्लो माथिल्लो घरका १७ बर्षीया सिर्जना विक र १६ वर्षीया सुनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदीबहिनी संगैबसेर गोठको कोठामा पढिरहेको अवस्थामा पहिरोसंगै बगाएको कुटमेराकोरुख ढलेर च्यापेको स्थानीय लिला कार्कीले बताए ।
पढेर बसेका उनीहरुको शुक्रवार विहान १ बजे पहिरो खसेर गोठ भत्किदा च्यापिएर मृत्यु भएको हो । एसएलसीमा गणित विषय लागेर पुरक परीक्षाको तयारी गरेकी सिर्जना र कालिका माविमा कक्षा १० पढ्ने सुनिता संगै बसेर पढ्ने गर्दै आएका थिए । गोठमा बांधेर राखेको लैनौभैसी पहिरोले च्यापिएर मरेको छ । शुक्रवार विहान स्थानीय र प्रहरीले पहिरो पन्छाएर शव बाहिर निकालेको छ ।
त्यस्तै,अविरल वर्षासंगै सडकमाथिबाट खसेको पहिरोले गुड्दै गरेको मोटरसाईकललाई च्याप्दा मोटरसाइकलमा सवार एक यात्रुको मृत्यु भएको छ ।
बुटवलवाट पाल्पा आउदै गरेको लु ५ प १२७ नम्वरको मोटरसाईकल दोभान गाविसको झुम्सा नजिकै पहिरोले च्यापेको हो । पहिरोले च्याप्दा मोटरसाईकल चालक रुपन्देही मधौलिया-७ का ३५ वषिर्य धर्मप्रसाद भण्डारी गम्भिर घाइते भएका थिए । पहिरोको दलदलबाट स्थानीयले गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा बिहीबार राती मृत्यू भएको प्रहरीले जनाएको छ । तीनदिन देखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गका दर्जनबढी स्थानमा पहिरो खस्दा गएरातीदेखि सवारी साधन चल्न सकेका छैनन् ।
सिद्वार्थराजमार्ग अवरुद्ध
अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग बिहीबार रातीदेखि अवरुद्ध भएको छ । तल्लो सिद्धबाबा, विद्युत् हेडवक्स, रामफेदी, दोभान बजार नजिकै पहिरो गएको छ । यस्तै तानसेन-वुटवल सडकको जरेपिपल, डुम्रे, हिउदेखोलामा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि पोखरा, गुल्मी, पाल्पातर्फवाट वुटवल, भैरहवातर्फ हिडेका सवारी साधन बाटोमै रोकिएपछि त्यहाँ सवार सयौ यात्रुहरु अलपत्र परेका छन् । उता वुटवलवाट पाल्पा तर्फ आउने सवारी साधन वुटवलमै रोकिएका छन् ।
बुटवलतर्फवाट वाटो खुलाउन डोजर लगाईसकिएको र पाल्पा तर्फवाट पनि डोजर लगाउने प्रहरीले जनाएको छ । पानी पर्न रोकिनासाथ डोजरले बाटो खुलाइने छ । तीन दिनदेखि वषर्ा नरोकिएकोले डोजर लगाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासंगै पाल्पाका ग्रामिण सडक चिलाङ्गदी चापपानी, दर्लमडाडा सडक समेत अवरुद्ध भएको छ । अविरल वर्षासंगै ग्रामिण सडकमा डोजर लगाएर खनिएका सबै सडकमा जीप सेवा बन्द भएका छन् ।
विद्यालयसहित करिब आधा दर्जन घर बगायो
बुटवलबाट अमृता अनमोलले जनाए अनुसार तिनाउ नदीमा आएको बाढीले एक विद्यालयसहित करिब आधा दर्जन घर बगाएको छ । करिब एक सय घर जोखीममा परेका छन् । नदी तटबन्दनका लागि माझगाउं सिरानमा बनाइएका दुईटा पक्की पर्खाल भत्काएर बाढी गाउंतिर सोझीदा विनापाते निमावि बगाएको हो । विद्यालयसंगै नदी उकास क्षेत्र ओगटेर बनाइएका ६ घर पनि बगाएको हो । तिनाउ नदी दुवैतिबाट उर्लेर बगेपछि नदी बीचको विनापातेमा बनाइएका एक सय बढी घरपरिवार बीचमा अलपत्र परेका छन् । बुटवल नगरपालिका र जनताको तटबन्द कार्यक्रमले ठाउंठाउंमा बनाएका तारजाली बगाउदा इटाभट्टी र नहरपुर क्षेत्रमा समेत नदीले कटान सुरु गरेको छ । तनहुँबाट पूर्ण विकले जनाएअनुसार भिमाद ८ लहरोनीमा शुक्रवार विहान पहिरो जाँदा ४ घरमा क्षति पुर्याएको छ । स्थानिय जिउकुमारी राना, तीलक नेपाली, सोमकुमार श्रेष्ठ र छविलाल थापा मगरको घरमा माथिवाट आएको पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । पहिरोले जिउकुमारीको घरको भित्ता पुरिएको छ । पानी गर्दै गरेकोले थप क्षति पुर्याउन सक्ने भएकोले उनीहरुलाई सुरक्षित स्थान तर्फ सारिएको ईलाका प्रहरी कार्यलय भिमादका प्रहरी नायव निरिक्षकले वताए । त्यस्तै पहिरोले पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी नजिकैको मार्किचोकमा खहरे वढेर राजमार्गमा प्रवेश गर्दा विहानै देखि वजेदेखि सडक अवरुद्ध भएको छ ।
सुनसरीबाट शंकर खरेलले जनाए अनुसार पकली र दुहबीका दुई वडामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । पकली-५ सुकुम्वासी वस्तीका सयभन्दा बढी घर परिवार सामान घरमै राखेर सुरक्षित स्थानतर्फ लागेका छन् भने दुहबी-४ मा १ जलमग्न भएका सयभन्दा बढी घरका परिवारले प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन गरेका छन् । पकली-५ मा ३ सय मिटर कच्ची सडकसमेत पानीले पुरेकोछ । बुढी खोलाले इटहरीदेखि दुहबीसम्म झण्डै २ बिघा जग्गा कटान गरेकोछ । वषर्ाले हिलाम्य भएकाले साप्ताहिक हाट बजारसमेत प्रभावित भएकाछन् ।
बाढीले नहर पुरेपछि मुस्ताङमा विद्युत अवरुद्ध
घनश्याम खड्काम्याग्दी-अविरण झरी पछि बुधवार राती आएको बाढीले मुस्ताङको टुकुचे गाविसमा रहेको चोखोपानी साना जलविद्युत आयोजनाको नहर पुरेपछि विद्युत उत्पादन बन्द भएको छ ।