Gajal
जति महल बने पनि गरीब बस्ने आवास छैन
जाडो हुँदा घाम ताप्ने कतै खुल्ला आकाश छैन
माया भन्दै वयान ठूलो देखिदैन यस्को रुप
त्यही मनको मझेरीमा मायालुको आभास छैन
कति धुर्त भए सबै आडम्बरको पर्खाल भित्र
देखावटी मात्रै गर्छन आफै भित्र बिश्वास छैन
बालुवामा पशिनाले जती सिंचाई गरे पनि
साँझ-बिहान हातमुख जोड्ने घरमा दुई गाँस छैन
बिज्ञानको युगमा पनि भोगाई छ ढुंगे युगको
यस्तै सोचाई बिकास हुँदा जनमा कुनै उल्लास छैन
लेखिका: इन्दिरा प्रयास
काठमान्डू नेपाल
हाल: इजराइल