|

सिंचाईको नहरमा बाल्टिन वम भेटियो

कमल थापा, रुकुम, असार ८ - रुकुममा बुधबार थप एउटा बेवारिसे बम फेला परेको छ। मंगलबार पूर्वी रुकुमको जाङ गाविसमा सकेट वम फेला परेको एक दिनपछि पश्चिम रुकुमको खोलागाउँमा थप एउटा बाल्टिन बम भेटिएको हो। खोलागाउँ गाविस ९ चिसापानी स्थित स्थानीयहरुले वनाएको सिंचाई नहरको मुहानमा गाडिएको अवस्थामा बाल्टिन बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक युवराज खडकाले जानकारी दिए। फेला परेको उक्त वमको तौल करिव ३ किलो जति रहेको प्रहरी निरीक्षक खडकाले अनुमान गरे। खेतमा धानको रोपाईको लागि पानी लिने क्रमा नहरकै मुहानमा गाडिएको अवस्थामा स्थानीयहरुले बाल्टिन बम भेटाएका थिए। बमको तार जमिनमाथि नै देखिएपछि स्थानीयहरुले वम हुन सक्ने भन्दै प्रहरीलाई जानकारी गरेपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिआएको प्रहरी टोलीले उक्त बाल्टिन बमलाई नियन्त्रणमा लिएको छ। चौरजहारी स्थित नेपाली सेनासँग समन्वय गरेर निष्कृय बनाउने प्रहरीको भनाई छ। सरकारले नेपाललाई माइन जोखिम मुक्त घोषणा गरेको एक हप्ता नवित्दै रुकुममा लगातार २ दिन बम भेटिएका छन्। मंगलबार जिल्लाको पूर्वी गाविस जाङ २ स्थित स्थानीय रणवहादपुर घर्तीको घरमा सकेट वम भेटिएको थियो। घरको शौचालय निर्माण गर्ने खाडक खनिरहेको समयमा सकेट वम फेला परेको थियो। समयमै प्रहरीलाई जानकारी दिएका कारण विस्फोट यी दुबै वम विष्फोट हुन पाएन्। सो सकेट वम द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरी निरीक्षक खडकाको भनाई छ। शसस्त्र द्वन्द्वकालमा बेवारिसे अवस्थामा छोडिएका विस्फोट पदार्थहरु अझै पनि रुकुम रोल्पामा भेटिने गरेका छन्। जिल्लामा यसरी भेटिने बेवारिसे बमले स्थानीयहरु त्रसित बन्दै आएका छन्।

 Source:nagariknews

Posted by Butwalonline on 7:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिंचाईको नहरमा बाल्टिन वम भेटियो"

Leave a reply