|

पर्शुराम बस्नेत अझै आफूहरुकै सम्पर्कमा रहेको युवा सङ्घ अध्यक्षको दाबी

काठमाडौं, असार ८ (नागरिक)- एमालेको युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले पर्शुराम बस्नेत आफूहरुकै सम्पर्कमा रहेको फेरि दोहोर्‍याएका छन्। उनले पर्शुराम  आफूहरुसँगै सुरक्षित रहेको भन्दै प्रहरीलाई नबुझाउने तर एकैचोटि अदालतमा उपस्थित गराउने पनि बताए।एकैचोटि अदालतमा उपस्थित गराउने पनि बताए।उनले भने– मुद्दा दायर गरेपछि अदालतमा उपस्थित गराउँछौं। प्रहरीलाई बुझाउँदैनौं। उपप्रधान तथा गृह मन्त्री कृष्णबहादुर महरा अति पूर्वाग्रही भएकाले पर्शुराम बस्नेतलाई नबुझाएको बताएका छन्।रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै बस्नेतले गृह मन्त्रीले प्रहरीलाई कुनै पनि हालतमा पर्शुरामलाई नछाड्नू भनी प्रहरीलाई पूर्वाग्रही निर्देशन दिएकाले नबुझाएको दाबी गरे।उनले माओवादी एमालेविरुद्ध रहेकाले नेतृत्व माओवादी हुँदा प्रहरी प्रशासन पनि पूर्वाग्रही भएको आरोप लगाए। पत्रकार कुट्ने लगाउने पर्शुरामलाई निर्दोष दाबी गर्दै अध्यक्ष बस्नेतले उनी दोषी ठहरिए आफूले युवा सङ्घको अध्यक्ष पदबाट राजिनामा दिने पनि दोहोर्‍याए। सँगै उनले पर्शुराम निर्दोष प्रमाणित भए पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले र महासचिव ओम शर्माले पनि राजिनामा दिने हिम्मत राख्‍नुपर्ने दाबीसमेत गरे।पर्शुरामलाई फसाउन गृह मन्त्रीको निर्देशनमा सामान्य कुटपिटको घटनालाई अपहरण र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने षडयन्त्र भइरहेको दाबी गर्दै अपहरण भएको भनिएको बेला पर्शुराम युवा सङ्घ स्थापना दिवस मनाउन आयोजित कार्यक्रममा सहभागी भएको दाबी गरे।गृह मन्त्री हत्याराको संरक्षक बनेको र सञ्चार मन्त्री आफैं हत्याको आरोपी भएको अवस्थामा उनीहरुलाई अरुमाथि प्रश्न उठाउने कुनै हैसियत नभएको भन्दै यस्तो अवस्थामा मुलुकको दण्डहीनताको अवस्था अन्त्य नहुने ठोकुवा पनि उनले गरे।उनले अहिलेसम्म प्रकाशित समाचारहरुको समीक्षा गर्नुपर्ने भन्दै यस्तै अवस्था रहे एक दिन जनताले नागरिक पत्रिका बहिस्कार गर्ने चेतावनीसमेत दिए।नेपाल बार एसोसिएसनले पत्रकारको आन्दोलनमा समर्थन गर्दा पर्शुरामको पक्षमा वकिलले मुद्दा लड्ने कि नलड्ने कानुन व्यवसायीको कर्तव्यप्रति प्रश्न उठेको दाबीसमेत गरे।


Source:NagarikNews

Posted by Butwalonline on 7:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पर्शुराम बस्नेत अझै आफूहरुकै सम्पर्कमा रहेको युवा सङ्घ अध्यक्षको दाबी"

Leave a reply