एसएलसी फेल भएपछि आत्महत्या
उदयपुर, असार १०- एसएलसी फेल भएपछि खोटाङकी एक छात्राले आत्महत्या गरेकी छिन्। दिक्तेल ८ सोल्माकी १८ वर्षीया नानुका श्रेष्ठले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। दुई दिनअघि रिजल्ट आएको थाहा पाएलगत्तै हौसिएर सिम्बल नं. हेर्न इन्टरनेट र पत्रिका खोज्दै दिक्तेल बजार गएकी उनी फेल भएको थाहा पाएपछि झोक्राएर बसेको बाबु हर्कबहादुरले बताए। बिहीबार राति उनले कतिखेर विष खाइन् थाहै नपाएको उनले बताए।
एक्कासी बेहोस अवस्थामा उनी फेला परेपछि तत्काल जिल्ला अस्पताल दिक्तेल लगेर उपचार गर्दागर्दै राति नै उनको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी नायव उपरीक्षक बसन्तकुमार थापाले बताए।
Source:Nagarik News