स्कूल बसमा युवासंघको आक्रमण, विद्यार्थी सख्त घाइते (फोटोसहित)
चुमन बस्नेत, विराटनगर, असार २- विराटनगर-७ शिव मन्दिरअगाडि विद्यालयबाट घर फर्कँदै गरेको सगरमाथा स्कुलको बसमा युवा संघका कार्यकर्ताले ढुङ्गा प्रहार गरी तोडफोड गर्दा बसमा सवार कक्षा ६ मा अध्यनरत वर्ष १० का अर्पण पोखरेल सख्त घाइते भएका छन्।
घाइते पोखरेलको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। ढुङ्गा लाग्दा पोखरेलको देब्रेपट्टीको कन्चटको हड्डी भाँचिएको छ। अस्पतालका अनुसार उनको भाँच्चिएको हड्डी अप्रेसन गरी मिलाउनु पर्नेछ।
Source:NagarikNews