काठमाडौँमा दुई वटा गाडी जलाइयो
अध्यक्ष पक्राउको विरोधमा युवासंघको प्रदर्शन-
काठमाडौँ, असार २ (नागरिक) प्रधानमन्त्रीको दल एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतलाई आज बिहान इटहरीबाट पक्राउ गरेको विरोधमा काठमाडौँ लगायत देशका विभिन्न भागमा प्रदर्शन गरेका छन्।
काठमाडौँमा दुई गाडीमा आगजनी-
काठमाडौँको घण्टाघर, त्रिचन्द्र कलेजअगाडि बा १ ञ १८३३ नम्बरको विद्युत प्राधिकरणको गाडीमा आज बिहान आगजनी भएको छ। त्यसैगरी पुतलिसडक शंकरदेव क्याम्पसअगाडि बा १ झ ५४७१ नम्बरको सरकारी कारमा आगो लगाइएको छ। चालक गाडी छाडेर भागेपछि कार कुन कार्यालयको हो, थाहा हुन सकेको छैन। क्याम्पसको छतबाट युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुले ढुंगा हानिरहेका छन्। शंकरदेव क्याम्पसभित्र पसी प्रहरीले लाठिचार्ज गरेको छ।
विद्यार्थी चढेको बसमा आक्रमण-
नागरिकन्युजकर्मी अजित तिवारीका अनुसार विराटनगरको शिव मन्दिरअगाडि सगरमाथा बोर्डिङ स्कूलको विद्यार्थीहरु चढिरहेको बसमा युथफोर्सका कार्यकर्ताहरुले आक्रमण गर्दा विद्यार्थी अर्जुन पोखरेल घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
एमाले भ्रातृ संगठन अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले देशव्यापी आन्दोलन सुरु भएको जानकारी दिए। 'सरकारले अन्यायमा परेका पत्रकारलाई समेत छायामा पार्ने गरेर राजनीतिक रिसइबी साँधिरहेको छ', उनले भने। एमालेका सबै जनस्तरका संगठनहरु देशव्यापी रुपमा विरोधमा उत्रने तयारी गरिरहेको उनले जानकारी दिए। 'सबैतिर आगजनी हुन्छ', महासचिव मल्लले भने।
युथफोर्स अध्यक्ष बस्नेत तालिम केन्द्रमा, सुरक्षा समितिको बैठक बस्दै
इटहरीमा पक्राउ परेका युवा संघ अध्यक्ष महेश बस्नेतलाई अहिले मोरङको क्षेत्रीय प्रहरी तालिम केन्द्रमा राखिएको नागरिकन्युजकर्मी अजित तिवारीले बताएका छन्। उनलाई काठमाडौँ फर्काउने वा के गर्ने भन्ने भन्ने विषयमा अहिले कुनै निर्णय नभइसकेको डीआइजी विनोद सिंहले जानकारी दिए। जिल्लास्थित सुरक्षा समितिको अहिले बस्दै गरेको बैठकले यस विषयमा निर्णय गर्ने उनले जानकारी दिए। यसैबीच, बस्नेत पक्राउको विरोधमा झापामा पनि चक्काजाम गरिएको छ।
Source:NagarikNews