गर्भवती ऐश्वर्याले सुटिङ रोकिन्
मुम्बई, असार १३ (एजेन्सी)- बलिउड स्टार तथा पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले गर्भवती भएपछि काम गर्दै गरेको फिल्मको सुटिङ रोकेको निर्माताहरुले बताएका छन्। उनी हाल 'हिरोइन' फिल्ममा काम गर्दै थिइन्।
फिल्मको निर्माण कम्पनी युटिभी मोसन पिक्चर्सले इमेल वक्तव्यमा लेखेको छ- 'यो बिन्दुमा ऐश्वर्याको सुस्वास्थ्यबाहेक अरु कुनै कुरा महत्त्वपूर्ण हुन सक्दैन। यसै सन्दर्भमा हामीले सुटिङ रोक्ने निर्णय गरेका हौँ।'
३७ वर्षीया ऐश्वर्या गर्भवती भएको खबर गत साता उनका ससुरा अमिताभ बच्चनले ट्विटर र ब्लगमार्फत् सार्वजनिक गरेका थिए।
उनका पति ३५ वर्षीय अभिषेक बच्चन हुन्।