|

केन्द्रीय वैठकमा दाहाल-वैद्य एउटै दस्तावेज लैजाने तयारी

काठमाडौं, असार ६ (नागरिक) - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच पार्टीभित्रको अन्तर्विरोधलाई समाधान गर्न आगामी केन्द्रीय समिति बैठकमा एउटै दस्तावेज लाने बारे छलफल छलफल भएको छ। सकेसम्म शान्ति र संविधान निर्माणको पक्षमा साझा दस्तावेज लाने बारे वैद्यसँग छलफल भएको स्रोतले बतायो।अन्तर्विरोध चर्किएर जिल्ला तहमा छुट्टा-छुट्टै भेला जारी रहेकै बेला दाहाल-वैद्यबीच आइतबार दाहाल निवास नयाँ बजारमा त्यस्तो छलफल भएको हो।
आगामी ८ गते बस्ने केन्द्रीय समिति बैठकमा लाने दस्तावेजको तयारीमा लागेका छन्। दाहालले उपाध्यक्षद्वय वैद्य र बाबुराम भट्टराईलाई छुट्टा-छुट्टै भेटका छन्। 'कम्तिमा शान्ति र संविधानका लागि साझा एउटै दस्तावेज लिएर केन्द्रीय समितिमा जाऔं,' वैद्यसँग दाहालले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो।
दाहालको कार्यदिशामा वैद्यले फरक दस्तावेज लिए पनि त्यसलाई कसरी लाने भन्ने विधि बनाउने तयारी भएको छ। यसअघि 'जनविद्रोह'को कार्यदिशामा असहमत भएका भट्टराईको फरक दस्तावेजका लागि पाँच बुँदे बिधि तय गरिएको थियो। शान्ति र संविधानको विकल्प नभएको भन्ने दाहालको कार्यदिशामा वैद्यको फरक मत रहेको छ। दाहालको भट्टराईसँग कार्यदिशा मिले पनि कार्यशैली नमिलेको अरोप भट्टराई पक्षधरले आरोप लगाउँदै आएको छ। भट्टराईको फरक मतलाई समाधान गर्न बिचार समूहले छुट्टा-छुट्टै छलफल गर्न पाउने, जथाभावि नबोल्ने फरक विचार विचारधारात्मक पत्रिका मार्फत लाने, बहुमतको कार्यन्वयन अल्पमतको विचारलाई कदर गर्ने, सर्कुलर तल्लो समितिसम्म लाने निर्णय भएको थियो।अहिले जिल्लामा आ-आफ्नो समूहले भेला गर्न पाउने उक्त पाँच बुँदे विधि अनुसार भएको जिकिर वैद्य पक्षको छ। 'विचार समूहले छुट्टा-छुट्टै छलफल गर्न पाउने' बुँदाका आधारमा अहिले जिल्लामा गुटका आधारमा भेला भएका छन्।
कुरा नमिलेकाले स्थायी समिति बैठक समेत बस्न नसकेकाले ८ गतेको केन्द्रीय समिति सर्न सक्ने पोलिटव्युरो सदस्य राम कार्कीले बताए। 'कुरा अझै मिलेका छैनन्। स्थायी समिति बस्न सकेको छैन। यो स्थिति हेर्दा ८ गतेको बैठक सर्न सक्छ', कार्कीले नागरिकसँग भने।दाहालको प्रस्ताव कस्तो हुन्छ त्यस आधारमा फरक दस्तावेज तयारी गर्ने/नगर्ने भनि दुबै उपाध्यक्ष प्रतिक्षामा रहेका छन्। 'अहिले नै फरक दस्तावेज लान्छौं वा लिन्नौं भन्नु मनोगतवादी हुन्छ। अध्यक्षको दस्तावेज कस्तो आउँछ। बहस कसरी अघि बढ्छ त्यसपछि मात्रै फरक मत राख्ने वा नराख्ने भन्ने कुरा निर्धारण हुन्छ', वैद्य निकट पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले भने। वैद्य पक्षलाई 'नोटअफ डिसेन्ट' मात्रै लेख्ने गरी प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै कँडेलले विरोधका लागि विरोध नभएको बताए। 'आपसी जँुगाको लडाई जस्तो गरी प्रचार प्रसार गरियो। अहिले हामीले उठाएको विषय विचारधारात्मक, कार्यदिशाको संघर्ष हो', उनले भने।
लडाकु समायोजन लगायत विषयमा वैद्यको फरक मत छ। पदाधिकार बैठकले दोहोरो सुरक्षा प्रणाली हटाउने बहुमतले निर्णय गरेपछि स्थायी समितिमा पनि त्यही विषयमा कुरा मिलेको थिएन। बहुमतको निर्णय अनुसार नेताहरूको दोहोरो सुरक्षा प्रणाली हटिसकेको छ। सेना समायोजन मोडालिटी बारेमा वैद्यले फरक मत राखेपछि स्थायी समिति बस्न सकेको छैन। ८ गते केन्द्रीय समिति बैठकमा लाने ऐजेन्डा तय गर्न समेत स्थायी समिति बस्न सकेको छैन।
Source:NagarikNews

Posted by Butwalonline on 2:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "केन्द्रीय वैठकमा दाहाल-वैद्य एउटै दस्तावेज लैजाने तयारी"

Leave a reply