|

पत्रकार आक्रमणकारी युथफोर्स सदस्य पक्राउ

३० जेठ, काठमाडौँ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणमा संलग्न मध्येका एमाले युवादस्ता युथफोर्सका सदस्य मनोज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमणमा संलग्नलाई कारवाही गर्न चौतर्फी दबाब बढिरहेका बेला राइलाई प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस नजिकै बाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले यसअघि कुटपिटमा संलग्न युथफोर्स कार्यकर्ता रोहित कोइरालालाई नियन्त्रणमा लिइसकेको छ ।
कृष्ण यादव हत्याका अभियुक्त अभिषेक गिरीलाई मुद्धाको पेसीका लागि मोरङ जिल्ला अदालत लैजाने क्रममा युथफोर्सले अदालत हाताभित्रै आक्रमण गरेको समाचार लेखेको भन्दै पत्रकार ढकालमाथि २२ जेठमा सांघातिक हमला गरिएको थियो ।
घटनाका मुख्य दोषी युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेत भने उमाले नेता केपी ओलीको संरक्षणमा राजधानीमा बसिरहेका छन् । पक्राउ परेका राई बस्नेतका पूर्व चालक हुन् ।
Source:Onlinekhabar

Posted by Butwalonline on 7:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार आक्रमणकारी युथफोर्स सदस्य पक्राउ"

Leave a reply