उद्योग वाणिज्य महासंघको साधारणसभा चितवनमा
३० जेठ, चितवन । व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा आजदेखि चितवनमा सुरु हुँदैछ ।
नाराणगढस्थित होटल सेन्ट्रल पार्कमा अपरान्ह सुरु हुने साधारणसभामा व्यवसायी क्षेत्रको उन्नतीका लागि आउँदा दिनमा अख्तियार गर्ने रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
आज अपरान्ह् पहिलो चरणमा नेपालको भावी अर्थतन्त्र र कृषि क्षेत्रको व्यवसायीकरण सम्बन्धी अन्र्तक्रिया र प्रस्तुती हुने महासंघ अध्यक्ष सुरज वैद्यले जानकारी दिनुभयो । यस्तै आजै दोस्रो चरणमा हुने अर्को कार्यक्रममा पर्यटन क्षेत्रको सम्भावना बारे अन्र्तक्रिया हुने वैद्यले बताउनुभयो ।
अन्र्तक्रियामा पूर्व अर्थ मन्त्रीहरु, पूर्व अर्थ सचिव, अर्थ विद् र व्यवसायी सहभागी हुने महासंघले जनाएको छ । साधारणसभाले महासंघ, जिल्ला उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको भूमिका र चुनौतिका विषयमा स्पष्ट नीति तय गर्ने बताइएको छ ।
अध्यक्ष वैद्यले आजै बेलुकी महासंघको कार्यकारिणी समितिको बैठक बस्ने पनि बताउनुभयो । साधारणसभाको विधिवत उद्घाटन भने प्रधानमन्त्री झलनाथ खनालले मंगलबार गर्ने महासंघले जनाएको छ ।
Source:onlinekhabar