दाहाल-बैद्यबीच कुरा नमिल्दा बैठकै स्थगित
काठमाडौं, अषाढ २ - अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन बैद्यबीच अन्तरसंघर्षलाई व्यवस्थित गर्ने बिषयमा सहमति नभएपछि बुधबार बस्ने भनिएको माओवादी स्थायी समिति बैठकसमेत स्थगित भएको छ । दाहाल र बैद्यबीच सेना समायोजनलगायतका बिषयमा देखिएको फरक मतबारे समाधान निकाल्न पटकपटक छलफल भए पनि निश्कर्ष ननिस्किएको स्रोतले जनाएको छ ।
संविधानसभाको म्याद थपेयता दाहाल र बैद्यबीच आरोप-प्रत्यारोप बढ्दै गएको छ । 'शीर्ष तहमा अन्तरसंघर्षलाई समाधान गर्ने बिषयमा छलफल भइरहेको छ,' श्रोतले भन्यो, 'अनौपचारिक समझदारी भएपछि बैठक बस्ने छ ।' आफूबिरुद्ध खनिदै आएको बैद्य पक्ष केही मत्थर भएपछि मात्र दाहाल औपचारिक बैठक बोलाउने पक्षमा देखिन्छन् ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहकार्य नपुगेर स्थायी समिति बैठक स्थगित भएको बताए । 'गृहकार्य नपुगेर स्थायी समित नबसेको हो,' उनले भने, 'नेतृत्व एउटा टुंगोमा पुगेपछि बैठक तय हुन्छ ।' स्थायी समिति बैठकले कार्यसूची तय गरेपछि असार ८ गते केन्द्रीय कमिटीको बैठक बस्ने छ ।
पालुङटार बैठकले तय गरेको जनबिद्रोहको कार्यदिशा छाडेको भन्दै बैद्य पक्षले दाहालविरुद्ध अनेक आरोप लगाउँदै देशव्यापी अभियान चलाएको छ । दाहालले त्यसलाई गंभीर रुपमा लिंदै अराजक हुदै गए कार्बाहीसम्म गर्ने बिधि बनाउने तयारी गरेको स्रोतले जनायो ।
अध्यक्ष दाहालले आफूनिकट 'समाचार पाक्षिक' लाई दिएको अन्तरवार्तामा नेतृत्वको मर्यादालाई निषेध गर्न खोजिएको बताएका छन् । बैद्य पक्षले १८ बुँदे आरोप लगाएपछि पहिलोपटक टिप्पणी गर्दै दाहालले आफूले गुटबन्दी नगरेको प्रतिक्रिया दिएका हुन् ।
'यो अलिकति अराजकता भएको छ, सीमाभन्दा बाहिर गएको छ, नेतृत्वको जुन गरिमा मर्यादा हो त्यसलाई निषेधात्मक रुपमा त्यो गएको छ, एक अर्कालाई निषेध गर्न खोजेको जस्तो देखिएको छ,' उनले भनेका छन्, 'अन्ततः यो रोकिन्छ । हामी ८ गते केन्द्रीय कमिटीको बैठक बस्दैछौ ।'
अध्यक्षको हैसियतमा आफूले सबै पक्षलाई एक ठाउमा ल्याउने भूमिका खेल्ने उनले बताएका छन् । 'मैले पार्टीको नेतृत्व हुनुको नाताले पार्टीको भूमिकामा बस्नुपर्छ, आफूलाई समर्थन गर्नेको मात्र नेता हुनुहुदैन भनेर सचेत रुपमा गुटबन्दीबाट टाढा अलग बसिरहेको छु,' दाहालले भनेका छन्, 'अध्यक्षले सबै विचार, सबै विचार समूहरु मिलाएर जो अहिले सबै गुटजस्तो भएर हिडेका छन्, ती सबैलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुपर्छ ।'
प्रधानमन्त्रीमात्र बन्ने लाइनमा छैनः भट्टराई
माओवादी उपाध्यक्ष बाबुराम भट्टाईले शान्ति र संविधान सुनिश्चित नहुने अवस्थामा आफू सिंहदरबारमा फोटो थप्न प्रधानमन्त्री नहुने बताएका छन् । उनले यतिबेलाको प्रधानमन्त्रीले शान्ति र संविधान सुनिश्चित गर्नेतिर लाग्नुपर्ने बताए ।
'शान्ति र संविधान सुनिश्चित नहुने अवस्थामा सिंहदरबारमा एक थान प्रधानमन्त्रीको फोटो थप्नु बेवकुफी हो,' उनले आफूनिकट 'अंकुर' मासिक पत्रिकाको बिमोचन कार्यक्रममा बुधबार भने, 'म त्यो बेवकुफहरुको लाइनमा छैन ।' उनले पाँचबुदे सम्झौताअनुसार प्रधानमन्त्री झलनाथ खनालले सहमति कायम गर्न पहल लिनुपर्ने धारणा व्यक्त गरे ।
'कसैलाई हटाउन राजीनामा गर्न लगाउने बिषय होइन,' उनले भने, 'राष्ट्रिय सहमतिको वातावरण बनाउन राजीनामा दिनुपर्छ भनेको हो ।'
उनले शान्ति, संविधान र सरकारको कुरा अन्तरसम्बन्धित रहेको बताए । 'शान्ति, संविधान र सरकार एक अर्कासंग सम्बन्धित छन्,' उनले भने, 'लक्ष्य शान्ति प्रक्रिया हो भने त्यसको राष्ट्रिय सरकार साधक हो ।' उनले संविधानसभाको म्याद थप्न हुन्न भन्नेहरु कांग्रेस, एमालेजस्तै माओवादीमा पनि जेठ १४ गते देखिएको बताए ।
'निहुँ खोजेर भए पनि संविधानसभा बिघटन गर्न उद्यत देखिए,' उनले भने, 'चाहे कांग्रेस, एमाले र माओवादीमा पनि संविधानसभाको म्याद थप्न हुन्न भन्नेहरु जागिसकेका रहेछन् ।'
पत्रिका बिमोचनसंगै पाचबुँदे सहमति कार्यान्वयनका चुनौतीहरु बिषयक अन्तक्रिर्यामा एमाले प्रचार बिभाग प्रमुख प्रदीप ज्ञवालीले संविधान निर्माणको कार्यतालिका ल्याएर प्रधानमन्त्रीले राजीनामा दिने बताए । 'संविधानसभाको कार्यतालिका ल्याएपछि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ,' उनले भने, 'शान्ति पहिले कि सरकार भन्ने होडमा दलहरु लाग्न हुँदैन ।'
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले दलहरुबीच लेनदेनबाट मात्र शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढ्ने बताए । कान्तिपुरका सम्पादक सुधीर शर्माले प्रमुख राजनीतिक दलहरु पाचबुँदे सहमति कार्यान्वयनलाई प्रमुख एजेण्डा बनाएर अगाडि बढेमात्र भदौ १४ मा आउने अर्को संकट टर्ने धारणा व्यक्त गरे ।
कान्तिपुर