|

फेरी पेट्रोलको मुल्य बढ्यो

काठमाडौ, जेष्ठ २९ -  आजैदेखि लागु हुने गरी नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलको मुल्यमा पाँच रुपैयाँ बृद्धि गरेको छ । पेट्रोलको मुल्य ९७ बाट बढेर १०२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्यास प्रति सिलिन्डर १ हजार ३२५ रुपैयाँ कायमै रहेको छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलको भाउ बढ्दै‍ गएपछि निगमलाई मासिक झण्डै पचास करोड रुपैयाँ घाटा थियो । निगमले अन्तरराष्ट्रिय बजरको भाउसंग समायोजन गर्नका लागि मुल्य बढाउनु परेको जनाएको छ ।

Source:KantipurNews

Posted by Butwalonline on 11:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेरी पेट्रोलको मुल्य बढ्यो"

Leave a reply