भीरबाट ट्रक खस्यो, एक लाश र एक घाइते निकालियो
टेकनारायण भट्टराई, पाल्पा, असार १५- पाल्पा-गुल्मी सडक खण्ड अन्तर्गत जोर्तेमा ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। बुधबार बिहान करिव ८ बजे खसेको ट्रकका यात्रुलाई स्थानीयले उद्दार गरेका छन्। मुसलधारे पानी परेका कारण उद्दारका लागि प्रहरी घटनास्थल पुग्न ढिला भएको बताइएको छ।
गुल्मी मजुवामा पुल निर्माणका लागि सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्रक पल्टेर जोर्ते मन्दिरको अग्लो पहाडमा अड्केर झुण्डिएको अवस्थामा रहेको प्रत्यक्षदर्शी शुशिल कुँवरले नागरिकलाई बताए।
'ट्रकको नम्बर प्लेट हेर्न मिलेको छैन, कति यात्रु हुन त्यो पनि थाह छैन।' कुँवरले टेलिफोनमा भने, 'भीरमा अड्केको एउटा लाश र घाइतेलाई निकालिएको छ, प्रहरी आएका छैनन्।'
दुर्घटना पछि पाल्पा-गुल्मी सडक अवरुद्ध छ। प्रहरीले घटनाको स्पष्ट विवरण आइनसकेको र टोली पठाएको बताएको छ।
Source::nagariknews