रामदेवलाई हरिद्वार लगियो, भाजपाद्वारा २४ घण्टे धर्ना घोषणा
काठमाडौ, जेष्ठ २२ - भ्रष्टाचारको अन्त्य र बिदेशमा लगिएको कालो धन फिर्ताको माग गर्दै नयाँ दिल्लीस्थित रामलिला मैदानमा अनसनमा बसेका योग गुरु रामदेवलाई प्रहरीले अपहरण शैलीमा हरिद्वार पुर्याएको छ । आइतबार बिहान प्रहरीले मैदानबाट रादेवलाई हटाएको थियो । त्यसपछि उनलाई कहाँ राखिएको छ भन्ने कुरा सार्वजनिक गरिएको थिएन ।
दिल्लीका प्रहरी कमिशनर बीके गुप्ताले बाबा रामदेवलाई ‘सुरक्षित स्थान’मा पुर्याइएको दाबी गरे । उनले रामदेवको गिरफ्तारी अस्वीकार गरेका छन् ।
गुप्ताले रामदेवमाथि प्रहरीले बल प्रयोग गरेको भन्ने भनाइको प्रति पनि आपत्ति जनाएका छन् । ‘प्रहरीले बल प्रयोग गरेको छैन, यो अनसनस्थल रद्द गर्नमात्र भनिएको हो,’ उनले भनेका छन्, ‘रामदेवको सुरक्षा चिन्ता प्रहरीलाई बढी छ ।’
रामदेव सुतिरहेकाबेला पुगेको प्रहरीले रामदेवलाई ब्युँझाएर दिल्ली बाहिर लैजाने तयारी गरेको थियो । तर उनी अनसनस्थलबाट हाम फालेर समर्थकमाझ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रामदेवालई पटक–पटक अनसन रोक्न आग्रह गर्दा पनि नमानेपछि भारतीय सरकार कठोररुपमा प्रस्तुत भएको छ । नयाँ दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
रामदेवलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीसँग झडप भएको छ । झडपमा ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले अनसनस्थलको विजुली काटिदिएको छ ।
स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले रामदेवलाई हेलिकप्टरबाट हरिद्वार पुर्याउन लागिएको जनाएको छ ।
सबै क्षेत्रबाट सरकारको अलोचना, भाजनतापाद्वारा २४ घण्टे धर्ना
स्वामी रामदेवको भ्रष्टाचार बिरोधी आमरण अनसन विथोलेकोमा बिरोध गर्दै भारतका प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीले मुलुकभर २४ घण्टे धर्ना घोषणा गरेको छ ।
भारतीय जनता पार्टीका अध्यक्ष नितिन गडकरीले आइतवार एक पत्रकार सम्मेलन गरी रामलीला मैदानमा गरिएको करावाहीको निन्दा गर्दै साँझ ७ बजेदेखि २४ घण्टे धर्ना आयोजना गरिएको बताएका छन् ।
उनले मुलुकभरी नै हुने धर्ना कार्यक्रममा आफुले राजघाटमा नेतृत्व गर्ने बताएका छन् । 'यो ज्यादै अमानवीय काम भएको छ, सरकार संकटकाल घोषणाको तयारीमा छ' उनल] भने, 'यसका लागि प्रधानमन्त्री र सोनिया गान्धीले माफी माग्नु पर्छ ।'
भ्रष्टाचारको अन्त्य र बिदेशमा राखिएको कालो धन फिर्ता गर्नु पर्ने माग गरि शनिबारबाट आमरण अनसन सुरु गरेको रामदेवको अनसनस्थल रामलीला मैदानमा आइतवार बिहान १.३० बजे प्रहरी प्रवेश गरी त्यहाँबाट हटाइएको थियो ।
Source:KantipurNews