|

पत्रकार सिंहको हत्याका आरोपीलाई जन्मकैद

२९ जेठ, नकपुरधाम । पत्रकार उमा सिंहको हत्याका आरोपी ललिता सिंह र नेमलाल पासवानलाई जन्मकैदको सजाय दिइएको छ । धनुषा जिल्ला अदालतद्वारा कर्तव्य ज्यान मुद्दामा दुवैलाई कसुर ठहर गरी उक्त फैसला गरिएको हो ।

हत्याका अन्य आरोपीमध्ये श्रवण यादव, अभिषेक सिंह र विमलेश झाले सफाइ पाएका छन् । वि.स. २०६५ पुस २७ गते पत्रकार सिंहलाई हतियारधारी समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

हत्याको जिम्मेवारी लिने स्वामिजी यादव भनिने उमेश यादव फरार रहेका छन्। अदालतले फरार रहेका आरोपीको हकमा अंश रोक्का गरी तीन वर्ष पर्खिने आदेशसमेत दिएको छ।

यसैबीच, सिंहका हत्याका आरोपीमध्ये सफाइ पाएकाविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । सरकारी वकिल सत्यनारायण यादवले अदालतको फैसलाको कागजात पाएपछि पुनरावेदन गरिने जानकारी दिए । -रासस


Source:Onlinekhabar

Posted by Anonymous on 8:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार सिंहको हत्याका आरोपीलाई जन्मकैद"

Leave a reply