|

आज उपत्यका बन्द आहृवान, बन्द नगर्न गृहको आग्रह

काठमाडौं , जेष्ठ ८ - खस क्षेत्रीलाई आदिवासी जनजाति ऐनमा सूचिकृत गराउन माग गर्दै खस क्षेत्री एकता समाजले आज आइतबार उपत्यका बन्द आहृवान गरेको छ । बन्द पूर्व समाजले शनिबार साँझ राजधानीमा मसाल जुलुस निकालेको थियो ।

समाजले खस क्षेत्रीलाई आरक्षण सुनिश्चित गराउनुपर्ने, लोकतान्त्रिक संविधान सुनिश्चित गर्नुपर्ने, खसान राज्य कायम गराउनुपर्ने, प्रथम खस सम्राट 'जाबेश्वर नागराज'लाई राष्ट्रिय विभूति घोषणा गराउन माग गर्दै बन्द आहृवान गरेको हो ।

बन्द नगर्न गृहको आग्रह

गृह मन्त्रालयले सर्वसाधारण र अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्ने बन्दलगायत विरोधका कार्यक्रम नगर्न दल र संगठनहरूलाई आग्रह गरेको छ । शान्ति प्रक्रिया टुंग्याई बेलैमा संविधान जारी गर्न दबाबस्वरूप गरिएका शान्तिपूर्ण प्रदर्शनको भने सम्मान गर्ने उसले जनाएको छ ।

मन्त्रालयका तर्फबाट प्रवक्ता सुधीरकुमार शाहले शनिबार विज्ञप्ति जारी गर्दै सर्वसाधारणको आवतजावतमा कठिनाइ र पठनपाठन अवरुद्ध हुने तथा उद्योग कलकारखानामा असर पर्ने भएकाले बन्दका कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । जेठ १४ मा संविधानसभाको म्याद सकिने र अर्को एक वर्ष थप गर्ने प्रस्ताव पेस भएको जानकारी गराउँदै विज्ञप्तिमा सर्वसाधारणको अहित हुने कार्य नगर्न भनिएको छ । विज्ञप्तिमा शान्ति कायम गरी मानव अधिकार रक्षामा सहयोग पुर्‍याउन सबै दल, नागरिक समाज, व्यवसायी र सर्वसाधारणमा अनुरोध गरिएको छ ।

KantipurNews

Posted by Butwalonline on 2:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज उपत्यका बन्द आहृवान, बन्द नगर्न गृहको आग्रह"

Leave a reply