|

कम्प्युटर प्रणाली कसरी सुरक्षित राख्ने ?

 आजको आधुनिक प्राविधिक २१ औं शताब्दीमा पर्सनल कम्प्युटर (पीसी) प्रत्येक मानिसका लागि एक महत्वपूर्ण एवं अति–आवश्यक सामग्री बनेको छ, चाहे तपाईं विद्यार्थी हो वा व्यावसायिक व्यक्ति अथवा व्यापारी या गृहिणी वा वृद्ध मानिस, सबैलाई एक अर्कासँग नजिक भइरहन कम्प्युटर चाहिन्छ ।

यस कारणले पनि पीसी हाम्रो दैनिक जीवनमा एक अति–आवश्यक र प्रभावकारी औजार बनेको छभन्दा कुनै फरक नपर्ला । मानिसको जीवनमा कम्प्युटर प्रणालीको महत्व अत्यन्त ठूलो रहेकाले यसबाट हामीले अधिकतम फाइदा लिनका लागि यसको राम्रो सुरक्षा दिन आवश्यक छ ।
यदि तपाईंले कम्प्युटर राम्रोसँग एवं व्यक्तिगत तरिकाले राख्नुभएन भने अवश्य पनि तपाईंको जीवनमा केही अप्ठ्यारा परिस्थिति सिर्जना हुनेछन् । कम्प्युटरले राम्रो प्रदर्शन दिँदैन अर्थात् काम गर्न छोड्छ । जसले गर्दा तथ्यांक हराउने तथा प्रणालीले काम नगर्नेजस्ता समस्या उत्पन्न भई अनावश्यक झन्जट सिर्जना हुन सक्छ ।

Source:KarobarDaily
यस प्रकारको समस्याबाट बच्नका लागि सर्वप्रथम, कम्प्युटरलाई भित्र र बाहिर दुवै रूपमा सफा राख्नुपर्छ । तपाईंले केवल मोनिटर, सिपीयु, किप्याड सफा गरेर पुग्दैन् । कम्प्युटर भित्री भाग पनि सफा हुनुपर्छ ।
सामान्यतया कम्प्युटर सुरक्षित राख्नका लागि अर्थात् विभिन्न प्रकारका समस्याबाट बच्नका लागि डाटाफाइल व्यवस्थित गर्नुपर्छ । त्यसको साथै अनावश्यक डकुमेन्ट र फोल्डरहरू पनि ल्यापटप वा कम्प्युटरबाट हटाउनुपर्छ । मालवेयर आक्रमणबाट कम्प्युटरलाई जहिले पनि बचाइराख्नुपर्छ । जसको एन्टिभाइरस इन्सटल र अपडेट गर्नुको साथै एन्टिमलवेयर प्रोग्राम राख्नुपर्छ । यसैगरी पर्याप्त मात्रामा फायरवाल तथा सेफगार्ड प्रोग्राम र आवश्यक मात्रामा सेकुरिटी पासवर्ड राख्नुपर्छ ।
पीसीलाई सुरक्षित राख्ने अर्को उपाय भनेको हार्ड ड्राइभलाई सहीरूपमा प्रयोग गर्नु अर्थात् व्यवस्थित गर्नु हो । प्रायजसो हामीले पीसी अथवा ल्यापटपमा विभिन्न प्रोग्राम इन्सटल वा अनइन्सटल गर्ने गरेका हुन्छौं,जसले डाटा हराउने संभावना उच्च बन्नुको साथै अव्यस्थित हुनसक्छ । जसको फलस्वरूप कम्प्युटरको ड्राइभ स्पेस घट्न जान्छ, त्यसको अलवा कम्प्युटर प्रणालीको काम ढिलो हुन्छ ।
यसप्रकारको समस्या हटाउनका लागि हार्ड डिस्कको ‘डिफ्र्यागमेन्टेसन’ गर्नु धेरै आवश्यक हुन्छ । अधिकांश सञ्चालन प्रणाली आ–आफ्नै  ‘डिफ्र्यागमेन्टेसन’ को स्रोत हुन्छ । तर यस्ता स्रोतको अटो अपडेट फिचर हुँदैन । जसको अर्थ, तपाईंले आवश्यक संख्यामा डिफ्र्यागमेन्टेसन् अनलाइनमा हेर्नुपर्छ

त्यस्तै तपाईंले हरेक पटक विन्डोज रेजिस्ट्री सफा गर्नुपर्छ । के हो रेजिस्ट्री ? यो एउटा विशाल डाटा स्रोत हो । जसमा, माइक्रोसफ्ट पीसी वा ल्यापटपमा भएका सम्पूर्ण सूचनालाई व्यवस्थित गर्छ । यो डाटा स्रोतअन्तर्गत ‘स्पेस अफ एप्लिकेसन’, युजर इन्फरमेसन तथा कन्फिगुरेसनलगायतका फिचर रहेको हुन्छ ।
त्रुटिपूर्ण रेजिस्ट्री भएको खन्डमा तपाईं कम्प्युटर व्यवस्थित गर्न कठिन पर्न जान्छ । जुन समस्या समाधान गर्नका लागि तपाईंले वेबमा उपलब्ध ‘रेजिस्ट्री क्लिनर सफ्टवेयर’ राख्नुसक्नुहुन्छ । सामान्यतया, यी सबै रणनीतिले कम्प्युटरलाई छिटोछरितो गर्न मद्दत गर्छन् ।  निश्चित रूपमै यसले तपाईंको काम गर्ने दक्षता वृद्धि गर्न सघाउँछ । 

Posted by Butwalonline on 8:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कम्प्युटर प्रणाली कसरी सुरक्षित राख्ने ?"

Leave a reply