भारत हुँदै जोर्डन पठाइन लागेका आठ युवतीको उद्दार
नयाँ दिल्ली, जेष्ठ १४ - खाडी मुलुक जोर्डनमा काम गराउनका लागि भन्दै भारत हुंदै लैजान लागिएका आठ नेपाली युवतीलाई नयां दिल्लीबाट उद्धार गरिएको छ । उनीहरुलाई राखिएको पहाडगञ्जस्थित एक होटलमा बिहीवार राति छापा मारी दिल्ली प्रहरी र यहांस्थित नेपाली संस्था हेल्प नेपाली मिसनले उद्धार गरेका हुन् । काभ्रे, झापा, प्यूठान र ओखलढुंगाका ती युवतीमध्ये अधिकांश २० देखि २४ वर्षका छन् । तीमध्ये ५ जना विवाहित र ३ अविवाहित छन् ।
शुक्रवार नेपाली दूतावास आएका पीडितहरुले हाल काठमाडौंमा बस्ने प्यूठानका समीर मियांले पहाडगञ्जस्थित होटलमा ल्याएर आफूहरुलाई अर्का दलाल जोर्डनी नागरिक फायेस नसर सबाहबुलिजको जिम्मा लगाएको ईकान्तिपुरसंग बताए । केही युवतीले ललितपुरको हात्तीवन बस्ने राजु भन्ने तेजबहादुर श्रेष्ठ र वीरेन्द्र खनालमार्फत आफूहरु जोर्डन जान लागेको जानकारी दिए ।
ती जोर्डनी नागरिकसंगै अन्य दुई भारतीय दलालले होटलमा केही युवतीलाई यौन दुव्यर्वाहारको कोसिस गरेपछि उक्त समूहकी एक युवती, नेपालीहरुले सञ्चालन गरेको नजिकैको क्याफेमा भागेर पुगेकी थिइन् । त्यहाँ पुगेपछि क्याफेका सञ्चालकले हेल्प नेपाली मिसनलाई युवतीहरुको अवस्थाबारे खबर गरिदिएका थिए ।
उक्त संस्थाले तुरुन्तै खबर गरेपछि युवतीहरु राखिएको होटलमा प्रहरी पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा दलालहरुले युवतीहरुलाई अर्को होटलमा सारि सकेका थिए ।
उनीहरुलाई सारिएको होटलबारे जानकारी पाएपछि प्रहरीले छापा मारी जोर्डनीसहित ती भारतीय नागरिकलाई पक्राउ गरेको मिसनका अध्यक्ष कवि कार्कीले जानकारी दिए । भारतीय नागरिकहरुको नाम भने खुल्न सकेको छैन । पक्राउ परेका तीनै जनालाई कारवाही गर्नुपर्ने माग गर्दा पनि भारतीय प्रहरीले उनीहरुलाई लेनदेन पछि छाडिदिएको आरोप पीडितहरुले लगाए ।
पीडितहरुलाई जोर्डनमा हाउस मेडको काम लगाइदिने र १५ देखि १८ हजार रुपैयां मासिक तलब दिलाइदिने आश्वासन दलालहरुले दिएका थिए । सामान्य लेखपढसमेत नजान्ने देखि लिएर एसएलसीसम्म गरेका तीमध्ये केही यसअघि लेबनन र कुवेतमा काम गरेर फर्किएका थिए ।
कतिले जोर्डन जान लागेको बारे घरमा समेत खबर नगरेको बताए । अधिकांशले नेपाल फर्कन पाउँदा खुशी लागेको बताएपनि केहीले कमाई नगरी फर्कनु पर्दाको दुखेसो पोखे । नेपाली महिला कामदारका लागि जोर्डन खुला नरहेको जानकारी आफूहरुलाई नभएको र मोटो रकम कमाउने आशामा आफूहरु त्यसतर्फ जान लागेको उनीहरुको भनाई थियो । आफ्नै श्रीमान् र नातेदारले वाध्य पारी अवैध रुपमा काम गर्न पठाएको दुखेसो पनि केहीले पोखे । आठ युवती मध्ये दुई जनाले दलाललाई ३२ हजार र २२ हजार छुट्टाछुट्टै दिएको बताए ।
दिनहुं अवैध रुपमा नेपाली महिला कामदार भारतीय बाटो हुंदै खाडी मुलुक पुग्ने गरेका छन् । सीप, तालिम तथा भाषाको ज्ञानको अभावका कारण नेपाली कामदारहरु प्रताडित बन्नुपरेका घटना त छंदैछन् अवैध रुपमा जांदा, पछि कानूनी उपचार खोज्न पनि समस्या सिर्जना हुने गरेको छ । मालिकबाट यौनशोषण, हत्या लगायतका घटना सार्वजनिक भइरहंदा समेत नेपाली महिला कामदारहरु अवैध रुपमा खाडी मुलुक पुग्ने क्रम रोकिएको छैन ।
KantipurNews