|

थारुसभाको बन्दले तराइको जनजीवन प्रभावित

२९ वैशाख, काठमाडौं । थारु कल्याणकारिणीसभाले आहृवान गरेको बन्दका कारण तराईका थारु बाहुल्य २० भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
सरकारले आफूसँगको सहमतिमा थरुहट स्वायत्त प्रदेश स्वीकार गरेपनि मसेधी जनअधिकार फोरमसँग त्यसको भावना विपरित हुनेगरी मधेस स्वायत्त प्रदेशमा सहमति गरेको भन्दै विरोधस्वरुप सभाले आज र भोली तराई भन्द आहृवान गरेको हो ।
बन्दका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही दाङ, नवलपरासी, चितवन, सिराहा, उदयपुर,सुनसरी र मोरङलगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । ति जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार-पसल, शिक्षणसंस्था र कलकारखाना थप्प छन् । बन्दका कारण भारतमा रोजगारी गरी घर फर्किएका सयौं सर्वसाधारण विचैमा अलपत्र परेका छन् ।
बन्दकर्ताहरु बिहानैदेखि सडक तथा बजारका चोकचोकमा जम्मा भएर नारावजी गरिरहेका छन् । थारु कल्याणकारिणीसभाले जेठ १४ मा नयाँ संविधान जारी नभए जेठ १५ गते समानान्तर थरुहट सरकार घोषणा गर्ने चेतावनी दिएको छ ।
Onlinekhabar

Posted by Butwalonline on 10:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "थारुसभाको बन्दले तराइको जनजीवन प्रभावित"

Leave a reply