भैरहवामा मिनीक्यासिनो सञ्चालनको तयारी
भैरहवामा मिनीक्यासिनो सञ्चालनमा हुनेभएको छ । हेप्पीआवर प्रालिले यहाँको नान्स होटलमा इलेक्ट्रोनिक गेमिङका रूपमा रहेको मिनीक्यासिनो सञ्चालनमा ल्याउन लागेको हो ।
तीनतारे होटलको सुविधा रहेको नान्स होटलमा मिनीक्यासिनो सञ्चालनका लागि हेप्पीआवरसँग सहमति भइसकेको होटलका प्रबन्ध निर्देशक चन्द्रप्रकाश श्रेष्ठले बताए ।
होटलको भुइँ तल्लामा अवस्थित हालको कन्फ्रेस हलमा क्यासिनो सञ्चालन हुने गरीे तयारी सुरु गरिरहेको हेप्पीआवरका प्रबन्ध निर्देशक सुरेन्द्रबहादुर सिंहले बताए ।
“साउनको पहिलो साताभित्रै सञ्चालनमा आउने गरी काम भइरहेको छ, होटलमा भौतिक पूर्वाधार सबै रहेकाले इलेक्ट्रोनिक गेमिङका रूपमा रहेको मिनीक्यासिनोका लागि आवश्यक मेसिनहरू विदेशबाट ल्याउने तयारी सुरु भइसकेको छ,” बस्नेतले भने ।
एक वर्षअघिनै पर्यटन मन्त्रालयबाट देशका विभिन्न स्थानमा क्यासिनो सञ्चालनका लागि स्वीकृति पाइसकेको हेप्पीआवरले केही समयअघि नेपालगन्जको स्नेहा होटलमा मिनीक्यासिनो सञ्चालन गरिसकेको छ । हेप्पीआवरले दोस्रो फेजमा भैरहवामा क्यासिनो सञ्चालन गर्ने निर्णय गरेको हो । मिनीक्यासिनोका लागि आवश्यक उपकरणहरू स्लट मेसिन, अटोमेटिक रुलेट, इलेक्ट्रोनिक ब्ल्याकज्याक, इलेक्ट्रोनिक बकरा, इलेक्ट्रोनिक मिनी प्लसलगायत खेलमा सामग्रीहरू मकाउबाट झिकाउने तयारी भइरहेको बस्नेतले बताए ।
भैरहवा गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको औद्योगिक तथा पर्यटकीय सहरका रूपमा विस्तारित भइरहेको र स्थलमार्ग हुँदै सबैभन्दा बढी विदेशी पर्यटक यहीको बेलहिया नाका भएर आउने हुँदा यहाँ संभावना प्रसस्त रहेकाले मिनीक्यासिनो सञ्चालनको तयारी भएको बस्नेतको भनाइ छ ।
सीमानाकामा रहेकाले मिनीक्यासिनोका ग्राहक भारतीयका साथै स्थलमार्ग हँुदै आउने तेस्रो मुलुकका पर्यटक रहने कम्पनीले जनाएको छ ।
हेप्पीआवरले नेपालगन्जमा सञ्चालनमा ल्याएको मिनीक्यासिनोमा महिनामा औसत ३ हजारदेखि ३५ सयको हाराहारीमा भारतीय र तेस्रो मुलुकका आउने गरेकामा भैरहवामा सञ्चालन हुने मिनीक्यासिनो (इलेक्ट्रोनिक गेमिङ)मा मासिक ५ हजारभन्दा बढी भारतीय र विदेशी पर्यटक आउने उन्ले बस्नेतले दाबी गरे । “तर मिनीक्यासिनोका मुख्य ग्राहक भने भारतीय नै हुन्,” उनले भने, “भैरहवाबाट गोरखपुर, लखनउ, बनारस, कानपुर नजिक रहेकाले ती स्थानबाट ग्राहकहरू सोझै यहाँ आउँछन् । अहिले ती स्थानका भारतीय पर्यटकहरू क्यासिनोमा रमाइलो गर्न भन्दै काठमाडांै पोखरा जान्छन् ।
नेपाल पर्यटन वर्ष–२०११ को अवसर पारेर सञ्चालनमा आउन थालेको हेप्पी आवर मिनीक्यासिनोले पर्यटन प्रवद्र्धनका लागि थप टेवा दिने नान्सका प्रबन्ध निर्देशक चन्द्र प्रकाश श्रेष्ठले बताए । ३ करोडको लागतमा सञ्चालन हुन लागेको हेप्पी आवर मिनीक्यासिनो (इलेक्ट्रोनिक गेमिङ)ले ७० जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ ।
karobar daily