बम्जनले आजदेखि तपस्या त्याग्ने
६ वैशाख, पर्सा ।
विवादित छविका तपस्वी रामबहादुर बम्जनले आजबाट तपस्या छोड्दै छन् ।
६ वर्ष लामो तपस्याबाट ज्ञान प्राप्त भएकाले तपस्या छोडेर आफूले प्राप्त गरेको ज्ञान समूदायमा फैलाउन लागिपर्ने उनले बताएका छन् । बाराको रतनपुरीमा आज अपरान्हृ आयोजित एक धार्मिक कार्यक्रमबीच उनले तपस्या पूरा भएको घोषणा गर्ने छन् ।
बारा रतनपुरी घर भएका स्कूले विद्यार्थी बम्जन ६ वर्ष अगाडि सिकिस्त बिरामी भएपछि एकाएक तपस्वी बनेका थिए । उनले रतनपुरीमा २ वर्ष र हङखोरियामा ४ वर्ष तपस्या गरेका थिए ।
बम्जनले आफू निराहार तपस्या बस्ने गरेको बताएपनि सञ्चारमाध्यमले भने उनले खाना खाने गरेको समाचार यसअघि नै प्रकाशित गरिसकेका छन् ।
शान्तिका लागि तपस्या गरेको बताउने बम्जनले घास दाउराका लागि जङ्गल गएका स्थानीयलाई एक वर्षअघि खुँडा र खुकुरीले आक्रमण गरी घाइते बनाएका थिए ।
Onlinekhabar