|

शान्ति र संविधानका लागि धर्ना दिइरहेका महिलाहरुलाई कुटपीट पछि पक्राउ

काठमाडौ, जेष्ठ १० - शान्ति र संविधानका लागि धर्ना दिइरहेका महिला सञ्जालका सदस्यहरुलाई मंगलबार विहान दश बजेतिर नयाँ बानेश्वरस्थित संविधानसभा भवनको अगाडिबाट  प्रहरीले कुटपीट पछि पक्राउ गरेको छ ।
शान्तिपूर्ण रुपमा धर्ना दिन लागेको बेला प्रहरी कुटपीट गरी पक्राउ गरेर नयाँ बानेश्वरस्थित प्रहरी कार्यालयमा राखेको धर्नाकारीहरुले जनाएका छन् ।
धर्नाकारीहरुलाई पक्राउ गर्नु अघि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठीबाट २५ जना घाइते भएको धर्नाकारीहरुले जनाकारी दिएका छन् । दिउँसोसम्म महिलाअधिकारमर्मीहरु स्टेला तामाङ, रीता थापा, दुर्गा सोवलगायत करिव ४५ जनालाई प्रहरीले पक्राउ गरी नयाँ बानेश्वर प्रहरी कार्यालयमा राखेको छ । प्रशासनले निषेधित क्षेत्र तोकेको स्थानभन्दा बाहिर पनि लखेटी लखेटी कुटपीट गरेको महिला अधिकारकर्मीले जनाएका छन् ।
'हामी शान्तिपूर्ण धर्नामा थियौं, प्रहरीले एक्कासी आएर लाठी चार्ज गर्यो' वाब्डकी कार्यक्रम संयोजक चन्दा थापाले ईकान्तिपुरसंग भनिन् । महिलाको अधिकारसम्बन्धी कार्यरत विभिन्न संस्थाहरुको सञ्जालले करिव डेढ महिनादेखि संविधानसभा भवन अगाडी धर्ना दिंदै आएको थियो ।
स्थानीय प्रशासनले मंगलबारदेखि संविधानसभा भवनको ५० मिटर वरीपरी क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

Kantipur

Posted by Butwalonline on 9:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शान्ति र संविधानका लागि धर्ना दिइरहेका महिलाहरुलाई कुटपीट पछि पक्राउ"

Leave a reply